ब्रेकिङ
क्यानडामा गर्मीका कारण ६० जनाको ज्यान गयो ।

तापक्रम ४९ दशमलव ९ डिग्री सेल्सियस

  • हजुरकाे पाेष्ट

  • काठमाण्डाै – क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रभरि तापक्रम बढेपछि कम्तिमा ६० जनाको ज्यान गएको छ । ब्रिटिश कोलम्बिया प्रहरीले सोमबारयता ज्यान गुमाउनेको सङ्ख्या ६० नाघेको जनाएको छ ।

    ज्यान गुमाउनेहरुमा ज्येष्ठ नागरिकहरू धेरै छन् । ब्रिटिश कोलम्बियाको लीटनमा तापक्रम ४९ दशमलव ९ डिग्री सेल्सियस पुगेको छ । गर्मी बढ्दै गएकाले जनजीवन प्रभावित भएको छ । ग्लोब र मेल पत्रिकाका अनुसार लीटनमा घरबाट बाहिर निस्किन नसक्ने अवस्था छ ।

    बढ्दो तापक्रमबारे क्यानडाको वातावरण सम्बन्धी निकायले ब्रिटिश कोलम्बिया र अल्बेर्टालाई चेतावनीसहितको सूचना जारी गरेको छ । त्यसबाहेकका उत्तरपश्चिमी भू–भागलाई पनि सचेत रहन भनिएको छ ।

  • १६ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech