ब्रेकिङ

लुम्बिनी वल्ड स्कुल मधाैलीयामा सरस्वती पुजा तथा पुस्तक प्रर्दशनी सम्पन्न ।

देवदह नगर अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता,देवदह बासीमा खुसियाली ।

पब्लिक माध्यमिक विद्यालय सियारीकाे स्वर्ण महोत्सव विविध कार्यक्रम तथा सम्मान गर्दै गर्याे समापन

देवदह नगरपालिकाले विद्यालयहरूलाई पुर्ण बालमैत्री विद्यालयमा रूपान्तर गर्न अनुगमन कार्यलाई तिब्रता पार्दै ।

प्रेम प्रसादको सम्झनामा गोल्डेन जुब्लीले गर्यो श्रद्धाञ्जली सभा

मणिवाला सर्प भन्दै दाङमा सुन र नगद ठगी : एक जना पक्राउ, दुई जनाको खोजी चल्दै

पब्लिक मा.वि छपियामा स्वर्ण महाेत्सवकाे अवसरमा आजिवन सदस्य सम्मान कार्यक्रम सम्पन्न

अक्सफोर्ड मा. वि बुटवलमा आधारभूत तहको पुरस्कार वितरण एक समारोहकाबीच सम्पन्न ।

बाजुरा केन्द्रविन्दु भएर पाँच दशमलव ९ रेक्टर स्केलको भूकम्प

१० संसदीय विशेष समितिको सिफारिस : संघमा १५ वटा मन्त्रालय, प्रदेशमा न्यूनतम ५ मन्त्री

सरकारी वकिलको बहस सकियो, प्रधानमन्त्रीको निजी वकिलको बहस सुरु
  • हजुरकाे पाेष्ट

  • १६ असार, काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दाको प्रतिरक्षामा सरकारी वकिलका तर्फबाट बहस सकिएको छ । बुधबार महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ताहरुले बहस सकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका निजी वकिलले बहस सुरु गरेका छन् ।

    संवैधानिक इजलासले संसद विघटन मुद्दामा पक्ष र विपक्षबाट बहस गर्न १५/१५ घण्टा समय छुट्याइदिएको थियो । जसमध्ये रिट निवेदक पक्षले १२ घण्टा बहस गरिसकेका छन् भने ३ घण्टा प्रतिरक्षा बहसका लागि छुट्याइएको छ ।

    संसद विघटनको निर्णयको प्रतिरक्षामा बहस गर्न पाएको १५ घण्टा समयमध्ये महान्यायाधिवक्तासहित सरकारी वकिलले ७ घण्टा र प्रधानमन्त्रीका वकिलले ७ घण्टा समय लिने गरी समय निर्धारण भएको थियो । एक घण्टा भने सभामुखका वकिलले पाउनेछन् ।

    महान्यायाधिवक्ता कार्यालयका तर्फबाट बुधबार सहन्यायाधिवक्ताहरु गोपालप्रसाद रिजाल, सञ्जीवराज रेग्मी, लोकराज पराजुली र खेमराज ज्ञवालीले बहस गरे । प्रधानमन्त्रीको निजी वकिलको बहसको सुरुमा वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस सुरु गरेका छन् ।

  • १६ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech