ब्रेकिङ

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

कसैले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुँदैन, : देउवा

प्रचण्डलाई भोट माग्दै बाबुरामले भने– भोलिको प्रधानमन्त्री उहाँ नै हो

नवलपुर बस दुर्घटनाका ५ जना मृतकको सनाखत

१० शिवराज नगरपालिकाले पनि कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गर्ने

हरियो पासपोर्ट बाक्समा थन्काएर गाउँमै बाख्रा पालन
  • हजुरकाे पाेष्ट

  •  

    हरि कुँवर – अर्घाखाँची ।

    अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका -८ हंसपुर बाझाखर्क निवासी दिपक बेल्वासे सपना सगै हरियो पासपोर्ट बोकेर विदेशी भुमिमा पसिना संग पैसो साट्न हिडेका बेल्वासे अहिले हरियो पासपोर्ट बाक्समा थन्काएर गाउँमै बाख्रा पालनमा रमाउदै छन ।

    हाम्रो देशको समृद्धिको मुख्य आधार भनेकै कृषि पशुपालन हो। युवाले उत्पादनमा जोडदिनु अहिलेको आवश्यकता बनेको छ। गाउँघर को याद मेलापात तिम्रै साथमा ,मेलोपात तिम्रै यादमा धानको बाला झुलेको हेर्दा, हात समाइ हिंडेको साथमा जस्ता – जस्ता याद लाइ पोकोपारी परिवार लाई छोडेर प्रदेश जानु नेपाली को बाध्यता बनेको छ । नयाँ नेपाल नयाँ क्रान्तिका कुरा गर्दै बन्दुक बोकेर लड्ने युवा अहिले हरियो पासपोर्ट बोकेर खाडि तिर जानको लागि अन्तर्राष्ट्रिय बिमानस्थलतिर लम्किनु युवाहरु को रुचि नभई बाध्यतानै बनेको हो।

    मालारानी गाउँपालिका का मेहनती दिपक बेल्वासे १० वर्षको खाडी मुलुक साउदी अरबको अनुभव लाई बिकास र समृद्धिको अभियानमा उत्पादन संग जोडिएका छन । उद्यमशीलता मार्फत जीवनस्थर लाई अघि बढाउन मात्र खोजेका होइन स्वदेशमै केहि गर्न सकिन्छ भन्ने वेरोजगार युवाको लागी गतिलो उदाहरण बनेका हुन । वेल्वासेको फार्ममा अहिले ८० वटा बाख्रा देख्न सकिन्छ जसमध्ये २० वटा बोका छन । महिनाको ३० हजार कमाउन विदेश जान्न नपर्ने दिपक वेल्वासे बताउछन। आफ्नै मेहनत ले महिना को ८-१० वटा बाख्रा बेचेर ५० हजार कमाउने वेल्वासे ले बताउछन् । गाउँमा बाख्रा फार्म बनाउनदा २५ लाख खर्च गरेको भएपनि परिवार संग बस्न पाउदा परिवार सगै मेलापात जान पाउदा खुसी रहेको बताए । परिवार बाट बुवा आमा श्रीमतीले साथ सहयोग र हिम्मत दिएपछि काम प्रति झन उर्जा बढेको बताए ।

    सरकार ले युवा लाई कृषिमा प्रोत्साहित ,बजार व्यवस्थापन, लगानी को ग्यारेन्टी गर्नुपर्ने बताए ।अमेरिका,स्विजर्ल्याड ,अष्ट्रेलया ,जापान ,चीन लगायत विश्वका धनी देशको जस्तै नेपाल लाई विकसित मुलुकको दाँजोमा पुर्याउने नेताहरु ले भासण गरेपनि कृषिकका दुख जहाँ को त्यहाँ छन। जोशीला मेहनती युवा लाई तिनै तहका सरकार ले पहिलो प्राथमिकतामा राख्यो भने विकास मात्र होइन खाद्यसंकट बाट पनि मुलुकलाई बचाउन सकिन्छ।

  • १६ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech