ब्रेकिङ

एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुलाइ छत्रदेवमा प्रशिक्षण, आफ्नाे अडान कायमै

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

१० विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

बीपी अध्ययन तथा अनुसन्धान केन्द्र भवनको देउवाद्वारा शिलान्यास
  • हजुरकाे पाेष्ट

  • काठमाडौँ — बीपी कोइरालाको साहित्य र राजनीतिका बारेमा खोज र अनुसन्धान गर्नेहरुका लागि अब धेरै ठाउँ धाउन नपर्ने भएको छ । बीपी स्मृति ट्रस्टले राजधानीको विशालनगरमा बीपीका सम्पूर्ण अभिलेख भएको बीपी अध्ययन तथा अनुसन्धान केन्द्र संचालनमा ल्याउन लागेको हो ।

    ट्रस्टका कार्यकारी निर्देशन राजेन्द्र पराजुलीका अनुसार अनुसन्धान केन्द्रका लागि ९ करोड रुपैयाँ लागतमा सुविधान सम्पन्न भवन दुई वर्षभित्रै निर्माण सम्पन्न हुँदैछ । भवन सम्पन्न हुनसाथ विश्वविद्यालय स्तरको अनुसन्धान केन्द्र संचालनमा ल्याइने उनले बताए ।

    विशालननगरमा निर्माण हुन लागेको भवनको बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाले शिलान्यास गरेका छन् । ट्रस्ट, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रदेश सरकारको सहयोगमा बीपी अध्ययन केन्द्र भवन बन्न लागेको हो । यस भवनमा बीपीको साहित्य र राजनीतिक क्षेत्रका बारेमा शोध र अनुसन्धान गर्नेहरुका लागि अब एउटै भवनबाट सबै अभिलेख उपलब्ध हुनेछन् । त्यस अतिरिक्त पुरातात्त्विक विभागको सहयोगमा नेपाली लेखकहरुको महत्त्वपूर्ण कृति, ऐतिहासिक दस्तावेज र मानसम्मानको संरक्षण गर्ने काम समेत अध्ययन केन्द्रले गर्ने योजना बनाएको छ ।

    ट्रस्टले केही समय अघिदेखि नै बीपीका बारेमा शोध गर्ने विद्यार्थीहरुका लागि छात्रवृत्ति समेत उपलब्ध गराउँदै आएको छ । कार्यकारी निर्देशक पराजुलीले ट्रस्टबाट छात्रवृत्तिका लागि मात्रै ४८ लाख रुपैयाँ लगानी भइसकेको छ ।

  • १६ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech