ब्रेकिङ

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

१० जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

पूर्वराजा ज्ञानेन्द्रको आक्रोश– परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएपनि जनताले सुख पाएनन्
  • हजुरकाे पाेष्ट

  • पूर्वराजा ज्ञानेन्द्र शाहले परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएपनि जनताले सुखको अनुभूति गर्न नपाएको बताएका छन् । 
    ‘परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रुपान्तरण गरे पनि जनताले ठोस सुख सुविधा नपाइरहेको बुझिएको छ ’, पूर्वराजाले बुधबार एक विज्ञप्तिमार्फत भनेका छन्, ‘आफ्ना मूल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त रहेको छ ।’

    उनले कोरोनाको खोप उपचार पाउन नसकेका कतिपय नेपाली निराश रहेको भन्दै सरकारले प्रभावकारी ढंगले यसमा पहल गर्न नसकेको आरोप लगाएका छन् । 

    यस्तै शाहले राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रवन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्योलको अवस्थामा देखा परेको पनि उल्लेख गरेका छन् ।  

    यस्तो अवस्थामा यही असार २३ गतेको जन्मदिनलाई उत्सवकारुपमा नमनाउने निर्णय पनि पूर्वराजाले गरेका छन् । 

  • १६ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech