ब्रेकिङ

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

कसैले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुँदैन, : देउवा

प्रचण्डलाई भोट माग्दै बाबुरामले भने– भोलिको प्रधानमन्त्री उहाँ नै हो

नवलपुर बस दुर्घटनाका ५ जना मृतकको सनाखत

१० शिवराज नगरपालिकाले पनि कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गर्ने

कोरोना संक्रमितको संख्या फेरि बढ्यो ;पछिल्लो २४ घण्टामा २८९२ जनामा संक्रमण, ४१ को मृत्यु
  • हजुरकाे पाेष्ट

  • काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर दुई हजार आठ सय ९२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । सात हजार एक सय ८७ जनामा गरिएको पीसीआर परीक्षणमा एक हजार आठ सय ८९ जना कोरोना सङ्क्रमित भेटिएका छन् । यस्तै चार हजार तीन सय ८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार तीन जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमण दर २६ प्रतिशत पुगेको छ ।

    जोखिम अझै नहटेकाले जन स्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले आग्रह गर्नुभएको छ । कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा र थप भएकाे विवरणसहित ४१ जनाको ज्यान गएकाे छ । यस अवधिमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन हजार पाँच सय ९७ छ ।

    अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार पाँच सय ६१ रहेको छ । तीमध्ये ३० हजार पाँच सय ४४ जना होम आइसोलेशनमा छन् भने तीन हजार १७ जना संस्थागत आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

    अहिलेसम्म कोरोना सङ्क्रमणका कारण नौ हजार एक सय १२ जनाको ज्यान गएकाे छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लाको सङ्ख्या १७ छ । पछिल्ला दिन कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको तथ्याङ्कले देखाएको छ ।

    मङ्गलवार सङ्क्रमण पुष्टि भएको दुई हजार ६ सय ३६ भन्दा आज दुई सय ५६ जना बढी थपिएका छन् । सोमवार दुई हजार चार सय ४४ जना सङ्क्रमित भेटिएका थिए । आइतवार एक हजार नाै सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले सार्वजनिक गरेको थियो ।

  • १६ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech