असार १६ बुटवल ,
गाउसभा बहिस्कार गर्दै आएका रुपन्देहीको ओमसतिया गाउपालिकाका वडा अध्यक्षहरुलाई गाउपालिका अध्यक्ष हिरा केवटले डेढ डेढ करोडको प्रलोभन देखाइर अाफनाे पक्षमा ल्याउने काेसिस गरेका छन् ।
असार १० गते बहुमत कार्यपालिका सदस्यहरुको सहमती बिपरीत गाउ सभा राख्न खोजेपछि वडा अध्यक्षहरुले बिरोध गर्दै गाउसभा बहिस्कार गरेका थिए ।
गाउसभा बहिस्कार गरेका वडा अध्यक्षहरु मध्ये वडा नं ५ का अध्यक्ष ओम प्रकाश चौधरी कुर्मीलाई आफ्नो पक्षमा आउन आग्रह गर्दै आफुले डेढ करोड रुपैया बरावरको योजना दिने प्रलोभन दिएको वडा अध्यक्ष ओम प्रकाश चौधरीले बताए ।
अध्यक्ष केवटले फोन गरेर वडा नं १,३ र ५का वडा अध्यक्षलाई आफुले डेढ करोडका दरले रकम दिन तयार भएको बताउदै अरुलाई कुनै योजना नदिने चेतावनी समेत दिएका छन् ।
तपाईहरुले मलाई साथ दिनुस उनीहरुलाई देखाईदिन्छु उनले वडा अध्यक्ष कुर्मीलाई आग्रह गरेका छन् ।
ओमसतिया गाउपालिकामा क्रियासिल रहेका नेपाली कांगे्स नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी,राप्रपा र नेकपा एमालेको माधव नेपाल समुहले गाउपालिका अध्यक्ष हिरा केवट मनोमानी ढंगले अगाडी बढेको आर्थिक रुपमा अपारदर्शी काम गरेको आरोप लगाउदै आएका छन ।
वडा अध्यक्षहरुले सूचना प्राप्त गर्न पाउने कानूनी तथा सम्वैधानिक अधिकारको बेवास्ता गर्दै गाउपालिका अध्यक्षले सुचना लुकाएको आरोप समेत लगाएका छन् ।
साथै असार १० गते गाउ सभा बहिस्कार गरेका वडा अध्यक्षहरुले दिएको रिट माथी उच्च अदालत तुल्सीपुरको बुटवल ईजलासले अन्तरीम आदेश दिदै असार २२ गते सम्म गाउसभा
नगर्न आदेश दिएको छ । अदालतले गाउपालिका अध्यक्षलाई १५ दिन भित्र लिखित जवाफ पेश गर्न समेत भनेको छ ।