ब्रेकिङ

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

कसैले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुँदैन, : देउवा

प्रचण्डलाई भोट माग्दै बाबुरामले भने– भोलिको प्रधानमन्त्री उहाँ नै हो

नवलपुर बस दुर्घटनाका ५ जना मृतकको सनाखत

१० शिवराज नगरपालिकाले पनि कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गर्ने

जेसुकै भए पनि मूल्यकाे राजनीति छाेडिँदैन : माधव नेपाल
  • हजुरकाे पाेष्ट

  • १६ असार,काठमाण्डाै । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सिङ्गो व्यवस्था नै खतरातिर गइरहेकाे बताएका छन । नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीसँग बुधवार गरेको अन्तरक्रियामा गठबन्धनमा बाेल्दै नेता नेपालले देशकाे राजनीति खतरातिर गइरहेकाे भन्दै देश जोगाउने अभिभारा सबैको भएकाले त्यहीअनुसार योगदान गर्न आह्वान गरे ।

    प्रधानमन्त्री केपी शर्मा ओलीप्रति इङ्गित गर्दै उनले पार्टी नेतृत्वमा सकारात्मक सोच नभएको र नकारात्मक दृष्टि मात्रै रहेको बताए । राजनीतिक परिर्वतन ल्याए पनि त्यहीअनुसारकाे संस्कारमा परिर्वतन हुन नसकेको टिप्पणी गरे ।

    नेता नेपालले भने, ‘देश, लोकतन्त्र, संविधान, गणतन्त्र परिवर्तन सङ्कटको अवस्थामा छ । हाम्रो व्यवस्था नै खतरातर्फ गइरहेकाे छ । कतिपय अभिव्यक्ति र गतिविधि हेर्दा त्यसले राम्रो सन्देश, राम्रो सङ्केत दिइराखेको छैन । यसर्थ हाम्रो काँधमा निकै ठूलो जिम्मेवारी छ ।’

    ओली प्रवृत्ति पुनरावृत्ति नहोस् भन्ने नै आफूहरूको मूल एजेण्डा भएको भन्दै उनले आफूले त्यस विषयमा मूल्यको राजनीति नत्याग्ने प्रतिबद्धता पनि जनाए । उनले भने, ‘जेसुकै भए पनि म मूल्यको राजनीति नत्याग्ने भन्न चाहन्छु । विचार, सिद्धान्त, मूल्य र मान्यता । मान्यताका निम्ति जुन देशसँग जोडिएको होस्, नागरिकसँग जोडिएको होस् । समाजको परिवर्तनसँग जोडिएको होस् । यी मान्यता छोडिँदैन । पार्टीका कार्यकर्ताले छुवाछुत महिला हिंसाका विरुद्धमा, समाजमा अन्याय अत्याचारका विरुद्धमा दृढताका साथ उभिने हो भने नागरिक समाजले पनि हातेमालो गर्ने हो भने, राज्य पनि त्यहीअनुसार अगाडि बढ्ने हो भने यी चिजमा परिवर्तन गर्न सकिन्छ ।’

  • १६ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech