ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

कोरोना जोखिम बढेपछि रुपन्देहीका हाट बजार बन्द

कोराना कहरको दोस्रो चरण सुरु भएपछि रुपन्देहीमा नियमित रुपमा लाग्दै आएका हाट बजारहरू बन्द ।

  • हजुरकाे पाेष्ट

  • रूपन्देही ।
    कोराना कहरको दोस्रो चरण सुरु भएपछि रुपन्देहीमा नियमित रुपमा लाग्दै आएका हाट बजारहरू बन्द गरिएका छन् ।
    जिल्ला प्रशासन कार्यालय रुपन्देहीको आदेशमा नियमित रुपमा लाग्दै आएका सबै हाटबजारहरू अर्को सूचना जारी नभए सम्मका लागि बन्द गरिएको हो ।

    बुटवल ६ मा रहेको पुरानो हाटबजार शनिवार विहान देख प्रहरी परिचालन गरी हाटबजार बन्द गराइएको हो । बिहान बजारमा समान लिएर गएका व्यवसायीहरु आ आफ्नो सामान लिएर फिर्ता गएका छन् ।

    यता दैनिक उपभोग्य बस्तु , तरकारीको हाटबजारमा व्यवसाय गर्दे आएका व्यवसायीहरुले भने आफुहरुले भौतिक दुरी कायम गरेर तरकारी बिक्री गर्न पाउनुपर्ने माग गरेका छन् ।

    च्याउ उत्पादक किसान संघ रुपन्देहीका ऋषव पोखरेलले किसान उत्पादन गरेको वस्तुको उत्पादन सहज रुपमा बिक्री गर्न पाउनुपर्ने बताए । उनले खासगरी किसानकाे उत्पादित वस्तु खेर जान नदिनका लागि हाटबजारमा व्यवस्थित रुपमा सामाजिक दुरी कायम गरेर वस्तु बिक्री गर्न पाउनुपर्ने बताए ।

    यसको लागि च्याउलगायत तरकारी उत्पादक किसान संघ तथा महासंघहरू सकारात्मक रहेको उनको भनाइ छ ।

    रुपन्देहीमा शनिबारदेखि लाग्दै आएका सबै हाटबजारहरू बन्द भएपछि हाटबजार व्यवसायी संघ रुपन्देहीले बुटवल उपमहानगरपालिका लगायतका स्थानीय तहमा डेलिगेसन जाने र सहज रुपमा किसानको उत्पादन बिक्री गर्ने वातावरण मिलाउन आग्रह गर्ने भएको छ ।

    जसका लागि आइतबार समय तय गरिएको हाट बजार व्यवसायी संघ रुपन्देहीका अध्यक्ष टेकबहादुर जिसीले जानकारी दिए ।

  • ११ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech