ब्रेकिङ

एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुलाइ छत्रदेवमा प्रशिक्षण, आफ्नाे अडान कायमै

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

१० विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

त्रिदेशीय टी–ट्वान्टी क्रिकेटको उपाधि नेपाललाई : नेदरल्याण्ड्स १ सय ४२ रनले पराजित
  • हजुरकाे पाेष्ट

  • त्रिदेशीय टी–ट्वान्टी क्रिकेट शृङ्खलाको उपाधि नेपालले जितेको छ । फाइनलमा नेदरल्याण्डस्लाई १ सय ४२ रनको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि जितेको हो । टी–ट्वान्टी अन्तर्राष्ट्रियमा रनको हिसाबमा नेपालको यो सबैभन्दा ठूलो जित हो ।

    कीर्तिपुरमा मैदानमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय ३८ रन बनायो । जीतका लागि २ सय ३९ रनको लक्ष्य पाएको नेदरल्याण्डस् १७ ओभर २ बलमा ९६ रनमा समेटियो । नेपालका करण केसीले ३ तथा कमलसिंह ऐरी र सन्दीप लामिछानेले २/२ विकेट लिए । नेदरल्यान्ड्सका सेबास्टियन ब्राट २६ रनमा अविजित रहे । म्याक्स ओडाड २० र कप्तान पिटर सिलार १३ रनमा आउट भए ।

    टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अहिलेसम्मकै उच्च स्कोर बनाएको छ । नेपालका कुशल भुर्तेल र कुशल मल्लको अर्धशतकको मद्दतमा नेपालले उच्च रन बनाएको हो । भुर्तेल ५३ बलमा ७७ रन बनाएर आउट भए । भुर्तेलले डेब्यु शृङ्खलामा नै चार अर्धशतक बनाएका छन् । कुशलले खेलेका पाँच खेलमध्ये नेदरल्याडस्सँगका तीन  खेलमा क्रमशः ७७, ६३ र ६२ तथा मलेसियासँगको दुईमध्ये एउटा खेलमा ६१ रन बनाएका हुन् । त्यस्तै आजको खेलमा कुशल मल्ल २४ बलमा ५० रन बनाउँदै नटआउट रहे । मल्लले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक बनाएका हुन् ।

    दिपेन्द्रसिंह ऐरीले १८ बलमा ४८ रन बनाएर नटआउट रहे । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ र आशिफ शेखले ८ बलमा १६ रन बनाएर आउट भए । नेपालले यसअघि सन् २०१९ को साग गेममा भुटानसँगको खेलमा दुई सय ३६ रन बनाएको थियो ।

  • ११ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech