ब्रेकिङ
अध्यक्ष केपी शर्मा ओलीको निर्देशन ः कार्यकर्तालाई काेभिडविरुद्ध जनचेतना जगाउन निर्देशन, तत्काल लकडाउन नहुने,
  • हजुरकाे पाेष्ट

  • प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाइँमा सम्पूर्ण रूपमा खटिन पार्टी पंक्तिलाई निर्देश गरेका छन् । एमाले महाधिवेशन आयोजक कमिटीको तेस्रो बैठकमा प्रधानमन्त्री ओलीले कोरोनाको नयाँ भेरियन्टका कारण उत्पन्न हुनसक्ने परिस्थितिको सामना गर्न पार्टी पंक्ति सक्रिय हुनुपर्ने बताएका हुन् ।

    ‘प्रधानमन्त्री एवं पार्टी अध्यक्षले एमालेको सबै संरचनाका नेता कार्यकर्ताहरूलाई कोभिड-१९ विरुद्धको लडाइँमा सक्रिय रहन निर्देश गर्नुभएको छ । सरकारले पनि आफ्नो स्थानबाट अधिकतम प्रयास गरिरहेको जाकमनकारी गारउनुभयो’, बैठकपछि एमाले प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने ।

    बैठकमा अक्सिजन प्लान्टहरुलाई पूर्णक्षमतामा विस्तार गर्ने , नयाँ सिलिण्डर ल्याउने, खोपलाई अझ विस्तार गर्नेलगायतका काम सरकारले गरिरहेको जानकारी प्रधानमन्त्री ओलीले गरेका थिए । स्वास्थ्यसम्बन्धी निर्देशिकाहरू कडाईका साथ लागू गर्ने तर तत्कालै लकडाउन नगर्ने सरकारको तयारी रहेकोबारे पनि बैठकमा चर्चा भएको थियो ।

    ‘लकडाउन आफैंमा अन्तिम समाधान होइन ।

  • १२ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech