ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

सरकारले रकम नदिएको भन्दै कोरोना बिमा भुक्तानी रोकियो
  • हजुरकाे पाेष्ट

  • १३ वैशाख, काठमाडौं । बिमा कम्पनीहरुले कोरोना बिमा दावी भुक्तानी रोक्न थालेका छन् । सरकारले दिने भनेको रकम नदिएको भन्दै बिमा कम्पनीहरुले भुक्तानी रोक्न थालेका हुन् । शिखर इन्स्योरेन्स, प्राइम इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स लगायतले पछिल्लो केही दिन यता भुक्तानी नै ठप्प पारेका छन् ।

    उता नेपाल इन्स्योरेन्सले पनि सरकारबाट पैसा नआएको भन्दै तत्कालका लागि भुक्तानी बन्द गरेको सार्वजनिक सूचना नै निकालेको छ । तर सरकारबाट भुक्तानी आएपछि भने नियमित रुपमा सहज तरिकाले भुक्तानी हुने कम्पनीले बताएको छ ।

    ‘नेपाल इन्स्योरेन्सले सूचना निकाल्यो, हामीले चाहिँ रोकेको सूचना निकालेका छैनौँ’ एक बिमा कम्पनीका सीईओ भन्छन्, ‘अब सरकारले नै पैसा नदिए पछि हामीले दिन सक्ने कुरै भएन, हामीले दिनु पर्ने दिइसक्यौं ।’ उनका अनुसार यस विषयमा नियामक निकाय बिमा समितिमार्फत समस्या समाधानका लागि आग्रह समेत गरिसकिएको छ ।

    कोरोना बिमा पोलिसी जारी गरेपछि धेरै नेपालीहरुमा संक्रमण देखिएको थियो । १ लाख रुपैयाँ र ५० हजार रुपैयाँको बिमा गर्न पाइने यो पोलिसी धेरै संक्रमित भएको भन्दै कम्पनीहरुको आग्रहमा बिमा समितिले गत वर्ष बन्द गरिदिएको थियो । तर सरकारले पनि व्ययभार खेप्ने भएपनि पुनः सुचारु भएको थियो ।

    सरकार र कम्पनीहरुबीच भएको सहमति अनुसार १ अर्ब रुपैयाँसम्मको भुक्तानी बिमा कम्पनीले नै व्यहोर्ने त्यो भन्दा माथिको १ अर्बको नेपाल रिइन्स्योरेन्स कम्पनीले व्यहोर्ने सहमति भएको थियो । त्यसपछिको ५० करोड रुपैयाँ बिमा समितिमा रहेको विपत्ति फण्डबाट र यसले नपुगेको सबै सरकारबाट भुक्तानी हुने सहमति भएको थियो ।

    बिमा कम्पनीहरु तथा रिइन्स्योरेन्स कम्पनीले दिनु पर्ने भुक्तानी दिइसकेका छन् । नियामक निकाय बिमा समितिले समेत दिनु पर्ने १ अर्ब भुक्तानी भइसकेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । सरकारले दिने भुक्तानीको प्रक्रिया पनि शुरु भइसकेको र चाँडै दिइने उनले बताए । ‘बिमा कम्पनीहरुले नदिएको होइन दिइरहेका छन्, सरकारबाट आउनु पर्ने जुन आएन भनिएको छ त्यो पनि चाँडै आइहाल्छ,’ उनले भने, ‘यसमा डराउनु पर्ने कुरा छैन, भुक्तानी हुन्छ हुन्छ ।’

  • १३ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech