ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

२४ घण्टामा तीन हजार पाँच सय ५६ जनामा काेराेना सङ्क्रमण
  • हजुरकाे पाेष्ट

  • काठमाण्डाै – पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय ५६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

    १२ हजार चार सय जनाको पीसीआर परीक्षण गर्दा तीन हजार चार सय ४२ जना र आठ सय ९३ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय १४ गरी तीन हजार पाँच सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन लाख तीन हजार पाँच सय ६१ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा तीन सय ७८ जना निको भएसँगै काेराेना सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या दुई लाख ७७ हजार नौ सय ५१ पुगेको छ । अहिले नेपालमा २२ हजार चार सय ३४ जना सक्रिय सङ्क्रमित छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा सात जनासहित थप १२ जनाले ज्यान गुमाएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार एक सय ७६ पुगेको छ ।

  • १३ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech