सांकेतिक तस्बिर
कपिलवस्तु । जिल्लाको चन्द्रौटामा घरको छतबाट खसेर १८ महिने नाबालकको मृत्यु भएको छ । शिवराज नगरपालिका–५ चन्द्रौटा सहज टोल बस्ने वसन्त विकका १८ महिनाका छोरा अभिषेक विकको आफ्नै घरको छतबाट खसेर मृत्यु भएका हो ।
छतबाट खसेर गम्भीर घाइते भएका नाबालकको बुटवलको चौराहा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृतक बालकको शव परीक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।