ब्रेकिङ

एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुलाइ छत्रदेवमा प्रशिक्षण, आफ्नाे अडान कायमै

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

१० विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

प्रधानमन्त्रीमा दाबी छैन, सहमतिबाट हुन्छ : प्रचण्ड
  • हजुरकाे पाेष्ट

  • नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नरहेको बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल सिन्धुलीले बिहीवार सिन्धुलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आफू र आफ्नो पार्टीले प्रधानमन्त्री पदमा दाबी नगरेको बताउनुभएको हो ।

    उहाँले भन्नुभयो, ‘अबको प्रधानमन्त्री को बन्छ भन्ने राजनीतिक सहमतिबाट हुन्छ, जुन अहिले दलबीच छलफल चलिरहेको छ । सहमति अब धेरै टाढा छैन’, उहाँले भन्नुभयो । लोकतन्त्र, समावेशी, समानुपातिक र संविधानविरुद्धका चलखेल अझै पनि नरोकिएको उहाँले बताउनुभयो ।

    प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै दाहालले सत्य, न्याय र विधिको सधै जित हुने बताउनुभयो । अझै पनि कम्युनिस्टको बृहत्तर एकता हुनुपर्दछ भन्दै उहाँले सबै इमानदार कम्युनिस्ट एकताका पक्षमा उभिनुपर्ने बताउनुभयो ।

    केन्द्रमा सरकार परिवर्तन नभएसम्म प्रदेशको सरकार पनि परिवर्तन नहुने अध्यक्ष दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सर्वदलीय बैठकमा राष्ट्रपतिले त सामान्य कुरा नै राख्नुभयो, बङ्गलादेश भ्रमणलगायतका विषयमा जानकारी गराउनुभयो तर प्रधानमन्त्रीले संसद् नि चल्दैन, फेरि पनि विघटनमै जानुपर्छ भन्ने खालले प्रस्तुत हुनुभयो, यसले फेरि पनि राजनीतिक दललाई चिन्तित तुल्याएको स्थिति छ ।’

  • ६ चैत्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech