ब्रेकिङ
(फोटोफिचर) राष्ट्रपति भवन छिरेर थकाइ मारे तालिवानले, अफगान युद्ध सकिएकाे घाेषणा
  • हजुरकाे पाेष्ट

  • ३२ श्रावण, एजेन्सी । तालिवान विद्रोहीले काबुलस्थित राष्ट्रपति भवन कब्जा गरेका छन् । देशभर कब्जा जमाउँदै अघि बढेको तालिवान आइतबार मात्रै काबुल प्रवेश गरेको थियो ।

    वार्तामार्फत तालिवानलाई सत्ता हस्तान्तरणको तयारी हुँदै गर्दा राष्ट्रपति अशरफ गानीले देश छाडेपछि गानी देश छाडेर विदेश भागेका थिए । राष्ट्रपति असरफ घानी देश छोडेर भागेपछि उनीहरू राष्ट्रपति कार्यालयमा छिरेका हुन् ।

    राष्ट्रपति कार्यालय छिरेपछि तालिवानले २० वर्षे लामो यात्रको थकाइ मारेका छन् । उनीहरुले राष्ट्रपति बस्ने कुर्सीमा बसेर तस्बिरहरू खिचेका छन् । अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिबानले विजय भएको दाबी गरेका छन् । योसँगै अफगानिस्तानमा युद्ध सकिएको तालिवानले जनाएको छ ।

     

    सन् २००१ मा अमेरिकाको ट्वीन टावरमा आक्रमण गर्ने ओसामाबिन लादेनलाई आश्रय दिने अफगानिस्तानको तालिवान सरकारविरूद्ध अमेरिकाले २० वर्षअघि सैन्य कारबाही सुरू गरेको थियो । त्यो कारबाहीबाट तालिवान विस्थापित गरेको थियो ।

    तस्वीर : एजेन्सी 

  • ३२ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech