ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

मोरङ र सुनसरीमा मात्र पाँचवटा ठूला अक्सिजन प्लान्ट

प्रदेशका ठूला अस्पतालमा छैन अक्सिजनको अभाव, सिलिण्डरको भने संकट ।

  • हजुरकाे पाेष्ट

  • विराटनगर । कोरोनाको दोश्रो लहर सुरु भएसँगै अधिकांश संक्रमितलाई अक्सिजनको सहायतामा उपचार गर्नुपर्ने अवस्था देखिएको छ । यही अवस्था लामो समयसम्म जारी रहे भविष्यमा गम्भीर खालको बिरामीका लागि धेरै अक्सिजन खपत हुन सक्छ ।

    तर प्रदेश १ मा अक्सिजनको अभाव झेल्नु नपर्ने अवस्था रहेको अक्सिजन प्लान्ट उद्योगीहरुले जनाएका छन् । उनीहरुका अनुसार प्रदेशमा अक्सिजन उत्पादनको अवस्था सन्तोषजनक रहे पनि सिलिण्डर भने कुनै पनि समय अभाव हुन सक्ने देखिएको छ ।

    डिलरहरुमार्फत अस्पताल, क्लिनिकसहित घरघरमा पुगेका अक्सिजन सिलिण्डर फिर्ता नहुँदा जुनसुकै बेला त्यसको अभाव हुने खतरा बढेको उद्योगीहरुले बताएका छन् ।

    प्रदेश १ मा विराटनगर कोरोना संक्रमणको हटस्पट बनेको छ । प्रदेश सरकारले सञ्चालन गरेको कोरोना अस्पतालसहितका ठूला अस्पतालहरु पनि यहीँ भएका कारण विरामीको चाप सधैं उच्च हुने गरेको छ । तर, कोरोना संक्रमितको उपचारका लागि अत्यावश्यक मानिने अक्सिजनको सिलिण्डरको भने यहाँ ठूलो अभाव छ ।

    सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्की अहिले नै अक्सिजन अभाव भइहाल्ने अवस्था नरहेको बताउँछन् । तर, संक्रमण बढ्दै जाँदा त्यस्तो अवस्था आउने खतरा भने कायमै रहेको उनको भनाइ छ ।

    ‘अहिले अभाव छैन, पुग्दो अवस्थामा छ’, उनले भने ‘तर, सिलिण्डर अभावका कारण ठूलो परिमाणमा अक्सिजन चाहिँदाचाहिँ समस्या हुनसक्ने स्थिति छ । यसका लागि हामीले गम्भीर तयारी गरिरहेका छौं ।’

    उद्योगीले चाहेजति अक्सिजन आपूर्ति गर्न तयार रहेको प्रतिवद्धता जनाएको पनि सचिव कार्कीले बताए ।

  • १४ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech