बुटवल,बैशाख १४
काठमाडौ उपत्यकाका ३ जिल्लामा निषेधाज्ञा लगाउने निर्णय सङ्गै रुपन्देहीमा पनि बैशाख १६ गतेदेखि निषेधाज्ञा हुने भएको छ । १६ बैसाखदेखि निषेधाज्ञा लगाउन जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले सिफारिश गरेको छ।
यसको औपचारिक निर्णय भने बुधबार हुनेछ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यही वैशाख १६ गते दिउँसो १ बजेदेखि वैशाख २९ गतेसम्म निषेधाज्ञा लगाउने सिफारिश गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताएका छन्।।