ब्रेकिङ

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

अश्लील र अपाच्य शैलीका तीज गीत बनाए कारबाही हुने

आयरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा भारत ७ विकेटले विजयी

विद्यालय गएका छात्र खोलामा मृत फेला

नेपालका लागि अमेरिकी राजदूत बेरी फिर्ता जाँदै, नामिबियाको राजदूतमा नियुक्त

नयाँ मन्त्रीहरुको शपथ आज

१० प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

दाङमा वैशाख १७ देखि २५ गतेसम्म लकडाउन
  • हजुरकाे पाेष्ट

  • दाङ – कोरोना भाइरसकाे सङ्क्रमण बढ्दै गएपछि दाङमा यही वैशाख १७ गते शुक्रवारदेखि नाै दिनसम्मका लागि लकडाउन गरिने भएको छ । मङ्गलवार घोराहीमा बसेकाे जिल्ला प्रशासन कार्यालयकाे बैठकले बैशाख १७ देखि २५ गतेसम्म जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको हो ।

    दैनिक रूपमा कोरोना सङ्क्रमितकाे सङ्ख्या बढ्न थालेसँगै दाङमा तत्काल लकडाउन गरी नागरिककाे जीवन रक्षा गर्न चौतर्फी रूपमा आवाज उठ्दै आएको थियाे ।

    वैशाख १७ गते बिहान ६ बजेदेखि २५ गते बेलुकी ६ बजेसम्मका लागि पहिलो चरणकाे लकडाउन गर्ने निर्णय भएको हो । त्यसपछि अवस्था हेरेर थप निर्णय लिइने प्रशासन कार्यालयले जनाएकाे छ । खाद्यान्नका पसल भने दैनिक बिहान ६ बजेदेखि ८ बजेसम्म खुल्नेछ ।

    यस्तै अत्यावश्यक सवारी साधनबाहेक अन्य गाडी सञ्चालनमा रोक लगाइएको छ । साथै बैठकले कोरोना विशेष अस्पताल बेलझुण्डी अस्पताललाई ६५ शय्या र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक सय शय्याकाे बनाउने निर्णय गरेको छ ।

    तुलसीपुर र घोराही उपमहानगरपालिकाले अक्सिजनसहितको ४०/४० शय्या र प्रत्येक गाउँपालिकाले २० शय्या क्षमताको अक्सिजनसहितको आइसाेलेशन बनाउने निर्णय भएको छ ।

    त्यसैगरी कोरोना सङ्क्रमितकाे उपचारमा खटिने स्वास्थ्यकर्मीको खर्च व्यवस्थापन गर्न घोराही र तुलसीपुर उपमहानगरपालिकाले मासिक डेढ लाख रुपैयाँका दरले र पालिकाले एक लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभएको छ ।

  • १४ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech