ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

अस्पतालहरूमा अक्सिजन सिलिन्डर र आईसीयूकाे अभाव हुन नदिन सरकारलाई निर्देशन
  • हजुरकाे पाेष्ट

  • काठमाण्डाै – संसदीय समितिले अस्पतालहरूमा अक्सिजन सिलिन्डर र आईसीयूकाे अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको छ ।

    प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको मङ्गलवारको बैठकमा कोभिड–१९ को बढ्दो सङ्क्रमणका सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल भएको थियो । छलफलपछि समितिले अस्पतालहरूमा अक्सिजन र आईसीयूकाे अभावमा बिरामीहरू छटपटिएर मर्ने अवस्था आउन नदिन अक्सिजन सिलिन्डर र आईसीयूकाे व्यवस्था तुरुन्त गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

    यस्तै आइसोलेशन, क्वरेण्टीनकाे व्यवस्थापन तीन वटै तहको सरकारको सक्रियतामा तीव्रतापूर्वक गर्न पनि निर्देशन दिएको छ । नेपालगञ्ज, वीरगञ्ज, भैरहवा लगायत भारतसँग सीमा जोडिएका सहर र कोभिड–१९ बढी प्रभावित ठाउँमा दक्ष स्वास्थ्यकर्मी यथाशक्य चाँडो पठाउन पनि निर्देशन दिएको छ । कोभिड बिरामीका लागि सहज रूपमा एम्बुलेन्स सेवा उपलब्ध गराउन, कोभिडका बिरामी कुरुवालाई स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था गर्न, कोभिड बिरामीको उपचारमा खटिएका डाक्टर, नर्स लगायत सबै स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री र जोखिम भत्ता तुरुन्त उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।

    पीसीआर परीक्षण सहज बनाउनुका साथै एसएमएस वा टेलिफोनमार्फत चाँडै नतिजा जानकारी गराउने व्यवस्था मिलाउन, विश्वभर फैलिरहेको नयाँ ‘भेरिएन्ट’ सहितको कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले २०७८ वैशाख ६ गते जारी गरेको आदेशको कडाइका साथ कार्यान्वयन गराउन पनि निर्देशन दिएको छ ।

    आइसोलेशन, क्वरेण्टीन, अस्पताल र स्वास्थ्य–चौकीमा अत्यावश्यक औषधि र स्वास्थ्य सामग्री उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने, अस्पतालमा माक्स, स्यानिटाइजरको अति अभाव भएको कारणले त्यसकाे तुरुन्त व्यवस्था गर्नुपर्ने, सरकारी र निजी अस्पतालमा कोभिड–१९ को उपचारमा लाग्ने शुल्कसम्बन्धी नीति बनाइ यथाशीघ्र लागू गर्ने र कारागारमा मानवीय वातावरणसहितको बस्ने स्थिति निर्माण गरी कोरोना र अन्य स्वास्थ्य उपचारको व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

    यस्तै २०७७ चैत १४ गते समितिले दिएको निर्देशनलाई लागू गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ । जनशक्ति अभावको पूर्ति गर्न विशेष व्यवस्था गरेर तुरुन्त लागू गर्नुपर्ने, राहत वितरण र स्वास्थ्य सामग्री, औषधिको उचित र न्यायोचित रूपमा वितरण गर्न, सीमा नाका लगायतको ठाउँमा हेल्थ डेस्क र सूचना डेस्क राखी प्रभावकारी बनाउनुपर्ने, सङ्घ, प्रदेश, पालिका र मन्त्रालयसँग समन्वय गर्नुपर्ने, सबै प्रकारका वैकल्पिक उपचार विधिलाई प्रयोग गर्ने सम्बन्धमा पनि समितिले निर्देशन दिएको छ ।

  • १४ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech