ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

अक्सिजनयुक्त बेड नपाउँदा , क्लिनिकमै कोरोना संक्रमितको मृत्यु ।

रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १ सय ७५ पुग्याे ।

  • हजुरकाे पाेष्ट

  • १५ वैशाख, बुटवल ।
    देवदह नगरपालिका–६ की ४९ वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको हो । उनी देवदह नगरपालिकाका एक वडा अध्यक्षकी श्रीमती हुन ।
    हिजाे कोरोना संक्रमण पुष्टि भएकी उनमा उच्च ज्वरो, उच्च रक्तचाप र श्वास प्रश्वासमा समस्या थियो । उनलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने थियो ।

    देवदहका मेयर हिरा खत्रीले बिहानैदेखि बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालदेखि काठमाडौंको नर्भिक र ह्याम्स अस्पतालसम्म बेडको लागि कुरा गरेका थिए तर कतै पाएनन् । केही सीप नलागेपछि प्रादेशिक अस्पतालको फिभर क्लिनिकमै राख्न बाध्य भए । तर अत्यावश्यक उपचारको अभावमा संक्रमित महिलाको दिउसो ४ बजे मृत्यु भयो ।

    अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले कोरोना विशेष अस्पतालमा बेड खाली नभएकाले फिभर क्लिनिकमै राखेर उपचार गरिएको बताए ।

    प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यो सहित रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १ सय ७५ पुगेको छ । जिल्लामा २ सय ९५ जना संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन् भने १३ सय १७ जना होम आइसोलेसनमा छन् ।

  • १५ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech