ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

लुम्बिनी प्रदेशका अस्पताल भरिए, वैकल्पिक व्यवस्था गर्न माग
  • हजुरकाे पाेष्ट

  • – कोरोना सङ्क्रमित बढेसँगै लुम्बिनी प्रदेशका कोरोना विशेष अस्पतालहरु भरिएका छन् । अस्पतालका बेड भरिएसँगै अस्पताल प्रशासन र चिकित्सकले वैकल्पिक व्यवस्थाको माग गरेका हुन् ।

    लुम्बिनीका दाङ, बाँके, रुपन्देही र बर्दियामा दिनहुँ काेराेनाकाे जटिल प्रकृतिका सङ्क्रमित थपिने क्रम बढ्दाे छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीका अनुसार प्रदेशमा अहिले भेन्टिलेटरमा २१, आईसीयूमा एक सय ८१, आइसोलेशनमा सात सय ७४ जनाको उपचार भइरहेको छ ।

    धेरै बिरामी यहाँ आईसीयू बेड कुरेर बसेका छन् । स्वास्थ्य निर्देशनालयकाे  तथ्याङ्कअनुसार सङ्क्रमितमध्ये ५ हजार ५ सय ७४ जना होम आइसोलेशनमै बसेका छन् । लुम्बिनीमा अहिलेसम्म सङ्क्रमणबाट ४ सय ९२ जनाको ज्यान गएको निर्देशक डा. गिरीले जानकारी दिनुभयो ।

    यसैबीच जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र प्युठानले अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणलाई स्वर्गद्वारी दर्शनमा रोक लगाएको छ । कोरोना सङ्क्रमण फैलिन नदिन यस्ताे निर्णय गरेको केन्द्रले जनाएको छ ।

  • १५ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech