ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

ढुवानी तथा आपूर्तिमा सहजीकरण गर्न उद्योग मन्त्रालयले तोक्यो सम्पर्क व्यक्ति ।
  • हजुरकाे पाेष्ट

  • १५ वैशाख, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणाली सुचारु राख्न उच्चस्तरीय र्यापिड रेस्पोन्स टिम बनाएको छ ।

    मन्त्रालयका अधिकारीहरु सम्मिलित टिमले आपूर्ति व्यवस्थाको अवरोध  तत्काल हल गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता एवम् सहसचिव डा. नारायण प्रसाद रेग्मीले बताए ।

    मन्त्रालयले स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ तथा दैनिक उपभोग्य वस्तुहरु लगायतको ढुवानी र आपूर्तिमा सहजीकरण गर्न सम्पर्क व्यक्तिहरु पनि तोकिदिएको छ ।

    आपूर्ति व्यवस्थापनको हकमा प्रेम कुमार श्रेष्ठ, स्थानीय प्रशासनको सहयोग तथा आवागमन सहजताको हकमा जनकराज दाहाल, कृषिजन्य तथा पशुजन्य सामग्री आपूर्तिको विषयमा डा. श्रीराम घिमिरे र उत्पादनशील उद्योगको हकमा नारायणप्रसाद दुवाडी र वैदेशिक व्यापारको हकमा डा. नारायण प्रसाद रेग्मीलाई सम्पर्क व्यक्ति तोकिएको हो ।

    मन्त्रालयले सम्बन्धित व्यक्तिहरुको मोबाइल नम्बरसमेत दिएर वस्तु तथा सेवाको उत्पादन, वितरण तथा आपूर्ति प्रणालीमा केही समयमा सम्पर्क गर्न पनि भनेको छ ।

    सरकारले काठमाडौं उपत्यकामा यही वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । साथै काठमाडौं उपत्यका बाहिरका अन्य जिल्ला प्रशासन कार्यालयहरुले पनि निषेधाज्ञा जारी गरेका छन् ।

    हेर्नुहोस् मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति–

  • १५ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech