ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

रोल्पामा : आगलागीमा २६ घरसहित पाँच गोठ जलेर नष्ट
  • हजुरकाे पाेष्ट

  • राेल्पा – रोल्पामा आगलागीका कारण २६ घरसहित पाँच गोठ जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार त्रिवेणी गाउँपालिका वडा नम्बर २ को कापडाँडा गाउँका १९, बर्तिबाङ गाउँका ६ र सानो चेत्रे गाउँका ६ गरी ३१ घर गोठ जलेर नष्ट भएका हुन् । आगलागीबाट २६ घर जलेको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले बताउनुभयो । आगलागीमा २० वटा बाख्रा, १३ वटा गाई जलेर मरेका छन् । यस्तै, तीन दिनदेखि पिराले, धानबाङ, रामपुर, प्युरी लगायका गाउँका जंगलमा पनि आगलागी भइरहेको छ ।

    तीन दिनमा त्रिवेणी गाउँपालिका वडा नम्बर २ का २/३ वटा गाउँ बाहेक सबै जस्तो क्षेत्रमा आगलागी भएको छ । तीन दिनदेखि लागेको आगो निभाउन स्थानीयबासिन्दा र सुरक्षाकर्मीहरु खटिए पनि अझै आगो नियन्त्रणमा आउन सकेको छैन् । रातभर स्थानीयबासिन्दालाई आफ्ना सरसामान बाहिर निकालेर सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको रोल्पाका प्रहरी प्रमुख डीएसपी सुवेदीले बताउनुभयो ।

    हावाहुरीका कारण आगो नियन्त्रणका लागि कठिनाइ भएको प्रहरीले जनाएको छ ।

  • १५ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech