ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

नेपालमा डिजीटल अर्थतन्त्रको सान्दर्भिकता ।

डिजीटल अर्थतन्त्रको प्रयोग विकसित देशमा सरल सहज तरिकाले भईरहेको छ ।

  • हुमराज भुसाल

  • अर्थतन्त्रका विविध शाखाहरु मध्ये डिजीटल अर्थतन्त्र कान्छो शाखा हो । ईनरनेटका माध्यबाट आफ्नो व्यापार व्यवसायको बिस्तार , प्रर्बद्धन, विकास , संरक्षण गर्ने कार्यलाई डिजीटल अर्थतन्त्र भनिन्छ । सूचना र प्रविधिका विविध नयाँ यन्त्र , उपकरण तथा प्रणालीको प्रयोग बाट यसलाई सञ्चालन गरिने भएकाले यसलाई प्राविधिक तथा नौलो अर्थतन्त्रका नामले चिनिन्छ ।

    विश्व अर्थतन्त्रमा यसको अवधारणा सन् १९९० मा जापानको आर्थिक संकट समाधान गर्न त्यहाँका अर्थशास्त्रिहरुले प्रयोगमा ल्याएका हुन । डिजीटल अर्थतन्त्रको सफल प्रयोग युरोपियन युनियनमा वर्तमान समयमा भईरहेको छ । बाकीँ विश्वमा यसको प्रयोगको दरमा दिनानु दिन बढिरहेको कुरा विश्व बैकं , अन्तराष्ट्रिय मुद्रा कोषको प्रतिवेदनले बताईराखेको छ । आगामि दिनहरुमा विश्व अर्थतन्त्रमा डिजीटल अर्थतन्त्रको एकाधिकार रहने कुरामा कुनै शंका रहेको छैन । जुन कुरालाई वर्तमान समयका गुगल , एप्पल , टुवीटर, फेसबुक , एमाजोन , दराजा जस्ता अनलाईन बजारको व्यवस्थापनले संकेत गरेका छन । विश्व अर्थतन्त्रमा डिजीटल अर्थतन्त्रको प्रयोग १९९०को दशकमा भएता पनि नेपालमा यसको प्रयोग २१ औं शताब्दीबाट सुरुवात भएको पाईन्छ ।

    डिजीटल अर्थतन्त्रको प्रयोग विकसित देशमा सरल सहज तरिकाले भईरहेको छ  ?

    नेपालमा यसको प्रयोगमा विविध प्रकारका समस्याहरु रहेका छन । जस्तै ः विद्युतीकरण , तिव्र गतिको इन्टरनेट सुविधा तथा प्राविधिक जनशक्ति , सरकारी नीति , नियामक निकायको ढिलासुस्ती आदि । वर्तमान समय विज्ञान प्रविधिको रहेको हुनाले यसैमा आधारित भएर आफ्नो आर्थिक गतिविधि सञ्चालन गर्न नसक्ने देश आर्थिक रुपमा पछाडि पर्ने देखिन्छ । नेपालमा यस अर्थतन्त्रको निकै नै धेरै सम्भावना रहेको छ । यहाँका ४० लाख बढि युवाहरु वैदेशिक रोजगारीमा रहेका छन । जसले कमाएको पैसालाई सहज रुपर्मा उनिहरुको घर परिवार सम्म पुराउनु साथै विदेशबाट नै स्वदेशमा लगानी गर्न यसले महत्वपूर्ण भुमिका प्रदान गर्ने छ । यसैगरी नेपालको बढ्दो वैदेशिक व्यापार घाटालाई केही हद सम्म नियन्त्रण तथा कम गर्न यसले सहयोग गर्ने सम्भावना छ ।

    नेपालमा २० वर्ष अगाडि बाट यसको प्रयोगको अभ्यास थालिएको भएता पनि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमले प्राथमिकता क्षेत्रमा समावेस गरेको छ । यसबाट पनि नेपाल सरकारले डिजीटल अर्थतन्त्रलाई आफ्नो अर्थतन्त्रको एक हागाँका रुपमा स्वीकार गरेको पाईन्छ । नेपाल विश्व अर्थतन्त्रमा एक उदयीमान देशका रुपमा पछिल्लो समयमा परिचित भएको परिवेशमा सरकारले डिजीटल अर्थतन्त्रका आधारशिला तयार पार्न लाग्नु आवश्यक छ । सन् १९८० भन्दा अगाडि विज्ञान , प्रविधि तथा कम्प्युटर शिक्षा पछाडि रहेको भारत आज डिजीटल अर्थतन्त्रमा नेपाल भन्दा धेरै अगाडी बढेको छ । जसको एउटै कारण प्राविधिक शिक्षामा गरिएको लगानी हो । डिजीटल अर्थतन्त्रमा नेपालको सम्भावनालाई पछिल्लो समयको स्वास्थ्य महामारीमा भएका आर्थिक गतिविधिले प्रमाणित गरेको छ । डिजिटल अर्थतन्त्रका सकारात्मक प्रभावहरु ,
    १ इनटरनेटको प्रयोग तथा व्यापारमा बिस्तार,
    २ डिजीटल वाणिज्यशास्त्रको विकास र बिस्तार ,
    ३ डिजिटल उत्पादन पद्धतीको विकास ,
    ४ पार्दशिता , शुशासन तथा कार्यदक्षयताको विकास तथा प्रर्बधन,
    ५ सामाजिक आर्थिक पूर्वाधार विकासमा समय र खर्चको बचत हुने,
    ६ वस्तु बजारका सम्पूर्ण समस्याहरु सजिलै समाधान गर्न सकिने, ईत्यादी ।

    नेपालमा डिजीटल अर्थतन्त्रको आवश्यकता किन ?
    विश्व अर्थतन्त्रमा नेपाल विकासशील मुलुकका रुपमा आफुलाई प्रस्तुत गरेको वर्तमान समयमा डिजीटल अर्थतन्त्रको सान्र्दभिकता थप बढेर गएको छ । नेपाली अर्थतन्त्र परनिर्भर अर्थतन्त्रका रुपमा रहेको समयमा यसलाई विज्ञान र प्रविधिको माध्यबाट आत्मनिर्भरताको बाटोमा अगाडी बढाउन पनि यसको आवश्यकता रहेको छ । नेपाली अर्थतन्त्रका हरेक क्षेत्रहरु जस्तै कृषि तथा पशुपालन , उद्योग , व्यापार, पर्यटन , सञ्चार , शिक्षा, स्वास्थ्य, आदि क्षेत्रमा यसको आवश्यकता रहेको छ । नेपालको पछिल्लो समयको आवधिक योजना तथा बजेटले स्थापना गर्न चाहेको समृद्ध नेपाल , खुसी नेपाली नारा शत प्रतिशत पुरा हुनेछ ।

    वर्तमान समयमा नेपालमा प्रतिसय जनसंख्यमा १३० वटा मोबाईल फोन तथा ६५ जनामा ईटरनेटको सुविधा पुगेको छ । वर्तमान समयमा विश्वका हरेक आर्थिक गतिविधिहरु अनलाइनका माध्यम बाट हुने गरेका छन । यसबाट नेपाल पछाडि परेको अवस्थामा देशको आर्थिक विकासको गतिमा पोलियो लाग्ने भएकाले पनि नेपालका तिनै तहका सरकारको पहिलो प्राथमिकता डिजीटल अर्थतन्त्रको पूर्वाधार विकास हुनु पर्दछ । हामीले हाम्रा सबै उत्पादनहरुलाई विश्व अर्थतन्त्रका उत्पादन सँग प्रतिस्पर्धा गराई थप ज्ञान, सिप तथा दक्षता हाशिल गर्नका लागी पनि सरकार जर्बजस्त रुपमा भए पनि यस अर्थतन्त्रमा जानुको विकल्प छैन । डिजीटल अर्थतन्त्रका पूर्वाधार विकास गरि यसलाई अभ्यासमा लैजान सकेको अवस्थामा अबको १० वर्षमा नेपालको कुल ग्राहस्थ उत्पादनमा १२ देखी १८ प्रतिशत योगदान गर्ने छ । नेपालको निजी क्षेत्र डिजीटल अर्थतन्त्रको विकास तथा बिस्तारका लागी सक्षम रहेको छ । जसलाई भरपुर प्रयोग गरि मुलुकको अर्थतन्त्रलाई समृद्ध बनाउनका लागी सरकारी , सहकारी ता निजी तिन वटै पिलरहरुले आपसमा सर्हकार्य गरि अगाडि बढ्नु पर्छ । नेपाली अर्थतन्त्रमा रहेका विविध समस्याहरु समाधान गर्नमा डिजीटल अर्थतन्त्रले प्रमुख भुमिका निर्वाह गर्न सक्छ । नेपालमा डिजीटल अर्थतन्त्रको आवश्यकताका कारणहरु निम्न छन ।
    १. शैक्षिक बेरोजगारी
    पछिल्लो तथ्याङ्क अनुसार नेपालको बेरोजगारी दर ३८ प्रतिशत रहेको छ । जसको ४० प्रतिशत शैक्षिक बेरोजगारी रहेको छ । यस्तो अवस्थामा नेपाल सरकारलाई आफ्ना नागरिकलाई रोजगारी प्रदान गर्न कठिन छ । यसकारण सरकारका लागी बेरोजगारी समस्या समाधान गर्ने उपयुक्त विकल्प भनेको डिजीटल अर्थतन्त्रको पूर्वाधार विकास तथा बिस्तार हो ।शैक्षिक रुपमा सक्षम रहेर बेरोजगार रहेको जनशक्तिलाई नेपाल सरकारले यस क्षेत्रमा व्यवस्थापन गर्न सक्ने प्रबल सम्भावना रहेको छ । यस कारणले गर्दा पनि डिजीटल अर्थतन्त्र नेपालको बेरोजगारी समाधान गर्ने बलियो आधार बन्नेमा शंका छैन ।

    २. गरिबी निवारण
    सरकारी तथा निजी क्षेत्रबाट प्रवाह हुने सेवा तथा कारोवारलाई विद्युतीय माध्यबाट सञ्चालन र व्यवस्थापन गर्न डिजीटल नेपाल फ्रेमवर्कले डिजीटल प्रविधिको व्यापक उपयोग मार्फत मुलुकमा सुशासन कायम गरी सार्वजनिक सेवा प्रवाह , समाज तथा तथा अर्थतन्त्रका बृहत्तर आयामको रुपान्तरण गर्नेछ । जसका माध्यबाट अर्थतन्त्र सरल तथा सहज माध्य बाट अगाडि बढ्ने छ भने यसले आम नागरिकको आम्दानी पनि बढाउने छ । जसको सिधा नतिजा हाम्रो गरिबीको दर बिस्तारै घट्ने छ । अर्थतन्त्रका सबै क्षेत्रमा अनलाईन गतिविधि बढाउन सकेको खण्डमा योग्य व्यक्ति जिम्मेवार पदमा रहने भएकाले यसले नेपाली गरिबीको संख्यालाई बिस्तारै घटाउन सहयोग गर्नेछ ।

    ३. पर्यटन उद्योगको विकास
    नेपालमा पर्यटन उद्योग सम्भावना निकै नै रहेको तथ्यलाई बाकीँ विश्वले स्वीकार गरिसकेको छ । त्यसकारणले पनि नेपाली पर्यटन उद्योग र डिजीटल अर्थतन्त्र एक अर्काका परिपुरकमा रुपमा अगाडि बढाउन जरुरी छ । अनलाईन प्रविधिको प्रयोग गरेर नेपालको जैविक विविधता, पर्यावरणीय साैन्दर्यता, धार्मिक , सास्कृतिक , ऐतिहासिक क्षेत्रको प्रचार प्रसार गर्न सकिन्छ । जसका माध्य बाट नेपाली अर्थतन्त्रमा रहेका चक्रिय आर्थिक सामाजीक समस्याहरु दीगो रुपले समाधान गर्ने प्रबल सम्भावना रहेको छ । वर्तमान समयमा कुल ग्राहस्थ उत्पादनमा २ प्रतिशतको योगदान गरेको यस क्षेत्रमा डिजीटल अर्थतन्त्रको प्रयोग सफल रुपमा गर्न सरकार तथा निजी क्षेत्र चुक्नु हुदैन । आज विश्वका बिभिन्न देशहरुले अनलाईनका माध्यबाट पर्यटन क्षेत्रको विकास गरिहेका छन  जस्तै, सिगांपुर, स्वीजरलैण्ड ।

    ४. कृषिको आधुनिकीकरणका लागी
    नेपाल एक कृषि प्रधान देश भईकन पनि आसातित गतिमा यस क्षेत्रमा प्रगती गर्न सकिरहेको छैन । जसका पछाडि विविध कारणहरु रहेको छन । जस मध्ये एक प्रमुख कारणका रुपमा यस क्षेत्र सँग सम्बन्धीत पक्षले आफ्नो बजार बिस्तार गर्नका लागी आफुलाई डिजिटल प्रविधिमा जोड्न नसक्नु पनि हो । हामी हाम्रो कृषि प्रणालीले उत्पादन गरेको उत्पादनलाई डिजिटल माध्यबाट उपभोग , वितरणका पक्षमा सुधार ल्याउन सकिने प्रस्तत सम्भावनाहरु रहेका छन । यसले एका तर्फ बजारको बितार हुन्छ भने अर्कोतिर यसैका माध्यबाट थप रोजगारीका अवसरहरु सिर्जना भई आन्तरिक श्रम बजार मजबुत बन्ने छ । यसकारण नेपाली कृषि क्षेत्रको कारोवारलाई पनि डिजिटल अर्थतन्त्रको मोडलमा लैजान ढिलाई गर्नु हुन्न ।

    अत्यमा, देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुराउन सक्ने डिजीटल अर्थतन्त्रलाई व्यवहारिक जीवनमा सफल कार्यान्वयन गराउन सक्नु पर्छ । अर्थतन्त्रमा आसातित गतिमा परिवर्तन ल्याउनका लागी हरेक देशले आफ्नो घरेलु अर्थतन्त्रमा हरेक क्षेत्र तथा पक्षलाई डिजीटलमा रुपान्तरण गर्न ढिलाई गर्नु हुदैन । नेपाल सरकारले आफनो अर्थतन्त्रलाई डिजीटल बनाउनका लागी डिजीटल नेपाल फ्रेमवर्क २०७६ गत वर्ष कातिक ५ बाट नै प्रयोगमा ल्याईसकेको छ । यस अनुसार नेपाल सरकारले पहिलो चरणमा पर्यटन, व्यापार, शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा डिजीटल अर्थतन्त्रलाई प्रयोग गर्ने रणनीति अपनाएको छ । वर्तमान समयमा डिजीटल अर्थतन्त्रले विश्वको कुल ग्राहस्थ उत्पादनमा वार्षिक १६ प्रतिशतको योगदान गरिरहेको छ । वर्तमान समयमा डिजीटल अर्थतन्त्रलाई आत्मसाथ गर्दैै निमार्ण भएका गुगल , एप्पल , फेसबुक , ट्वीटर, एमाजोनको वार्षिक बजेट विश्वका विकसित देशका हाराहारीमा रहनुले पनि यसको सान्दर्भिकता पुष्टि गरेको छ ।

    ~  आर्थिक अनुसन्धान केन्द्र नेपालका अध्यक्ष
                          हुमराज भुसाल

  • १५ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech