ब्रेकिङ

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

१० जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

संसारभरी कोरोनाको आँकडा १५ करोड बढि, ‘१७ देशमा भेटिए भाइरसको इन्डियन स्ट्रेन’
  • हजुरकाे पाेष्ट

  • संसारभरी कोरोना संक्रमितको आँकडा १५ करोड पार भएको छ । हालसम्म १५.०२ करोडभन्दा बढी मानिसहरु कोरोनाभाइरसद्वारा संक्रमित भइसकेका छन् । यीमध्ये ३१.६३ लाखभन्दा बढीको मृत्यु भएको छ जबकी १२.८२ लाख मानिसहरु कोरोना संक्रमणबाट निको भइसकेका छन् । हाल १.९३ करोड मानिसहरुको उपचार चलिरहेको छ । यीमध्ये १.९२ करोड व्यक्तिमा कोरोनाको हल्का लक्षण छन् भने १.१० लाख मानिसहरुको स्थिति गम्भीर छ ।

    उता कोरोनाभाइरसको इन्डियन भेरियन्ट संसारको १७ देशमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार संसारभरी पछिल्लो हप्ता कोरोनाका ५७ लाख संक्रमित भेटिए । यो आँकडा पहिलो लहरभन्दा निकै धेरै हो । इन्डियन स्ट्रेन वा B.1.617​ भेरियन्ट (डबल म्यूटेशन भेरियन्ट) का कारण भारतमा लगातार कोरोना संक्रमितको संख्या बढिरहेको छ । डब्ल्यूएएओले यसलाई भेरियन्ट अफ इन्टरेस्ट घोषित गरेको छ ।

    २४ घण्टामा ८.८५ लाख संक्रमितः
    पछिल्लो २४ घण्टामा संसारभरी ८ लाख ८५ हजार ६०४ संक्रमितको पहिचान भयो र १५,२८४ मानिसहरुको मृत्यु भएको छ । नयाँ संक्रमितको कुरा गर्नुपर्दा सोमबार संसारभरीबाट आएको केसको ४२ प्रतिशत संक्रमित भारतमा भेटिए । यहाँ ३ लाख ७९ हजार ४५९ मानिसहरुमा कोरोनाको पुष्टि भयो ।

  • १६ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech