ब्रेकिङ

एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुलाइ छत्रदेवमा प्रशिक्षण, आफ्नाे अडान कायमै

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

१० विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

सदनमा जाने तयारी गर्दै थिएँ, अचानक बेहोस भएछु :गण्डकी प्रदेस सांसद शाही

स्वस्थ भएपछि थप कुरा प्रष्ट पार्ने ।

  • हजुरकाे पाेष्ट

  • गण्डकी प्रदेशका प्रदेश सभा सदस्य खिमविक्रम शाहीले आफू सदनमा जाने तयारी गर्दै गर्दा अचानक बेहोस भएको स्पष्टीकरण दिनुभएको छ । बिहीवार विज्ञप्तिमार्फत उहाँले सदनमा जाने तयारी गर्दै गर्दा अचानक बिरामी भएको र भाइलाई सम्पर्क गरेर अस्पताल लैजाने क्रममा आफू बेहोस भएको बताउनुभएको हो ।

    उहाँले विज्ञप्तिमार्फत भन्नुभएको छ, ‘म सदनमा जाने भनी तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भइ मेरो आफ्नै भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा म बेहोस भएछु । म अहिले उपचाररत छु । अहिले स्वास्थ्यमा क्रमिक सुधार भएको महसुस गरिरहेको छु । म थप स्वस्थ भएपछि मेरो बारेमा उठेका कैयौँ प्रश्नको बारेमा स्पष्ट गर्ने नै छु ।’

    यस्तै उहाँले समाचार र सामाजिक सञ्जालमा प्रचार भएका विषयवस्तुलाई आधार बनाएर धारणा नबनाइदिन पनि आग्रह गर्नुभएको छ । पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा आफ्नो पनि सहभागिता रहेकोले पार्टीको निर्णयप्रति आफू प्रतिबद्ध रहेकोसमेत उहाँले बताउनुभएको छ । आफ्नो स्वास्थ्य अवस्था क्रमिक रुपमा सुधार भइरहेको भन्दै उहाँले स्वस्थ भएपछि थप कुरा प्रष्ट पार्ने बताउनुभएको छ ।

    बुधवार गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासकाे प्रस्तावमा मतदान हुने भए पनि सांसद शाही अनुपस्थित भएपछि बैठक नै स्थगित भएकाे थियाे ।

  • १६ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech