ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

निषेधाज्ञा अवधिभर काठमाडौंमा एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध हुने ।
  • हजुरकाे पाेष्ट

  • काठमाडौं महानगरपालिकाले निषेधाज्ञाको अवधिभर महानगरबासिलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

    काठमाडौं महानगरपालिकाले बिहिबारदेखि महानगरबासिका लागि १० वटा निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

    महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक संघसँग बिहिबारदेखि १० वटा एम्बुलेन्स निःशुल्क सञ्चालन गर्नको निम्ति सम्झौता गरेको हो । निषेधाज्ञाको समयमा काठमाडौंबासिलाई पर्ने स्वास्थ्य समस्या समाधानका लागि घरबाट अस्पताल, अस्पतालबाट घर र अस्पतालबाट अस्पताल सम्मको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले हजुरकाे पाेष्टलाइ बताए ।

    महानगरपालिकाले बैशाख १६ गतेदेखि १५ दिनसम्म निःशुल्क एम्बुलेन्स सेवा दिने भएको हो । महानगरपालिकाले १५ दिनका लागि प्रति एम्बुलेन्स एकमुष्ट कर सहित १ लाख २१ हजार रुपैँया संयुक्त एम्बुलेन्स चालक संघलाई दिइने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
    एम्बुलेन्सले काठमाडौं महानगरपालिका भित्र २४ सैं घण्टा सेवा प्रदान गर्ने जनाइएको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले कहिँकतै बाट पनि गुनासो नआउने गरी सेवा दिन एम्बुलेन्स चालकहरुलाई आग्रह गरे ।

  • १६ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech