दिल्लीमा राजस्थानले दिएको एक सय ७२ रनको लक्ष्य मुम्बईले १८ ओभर ३ बलमा तीन विकेट गुमाएर भेटाएको हो । मुम्बईका लागि क्विन्टन डी ककले अविजित ७० रन बनाउँदा क्रुनल पाण्डेयाले ३९ रनको योगदान गरे । बलिङतर्फ राजस्थानका लागि क्रिस मोरिसले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित ओभरमा चार विकेट गुमाउँदै एक सय ७१ रन बनाएको थियो । राजस्थानका लागि सन्जु सामसनले ४२, जोस बटलरले ४१ रन बनाए । बलिङतर्फ मुम्बईका लागि राहुल चाहरले दुई विकेट लिए ।
आईपीएलमै आजको दोस्रो खेलमा दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स खेलिरहेका छन् । टस हारेको कोलकाताले अहिले ब्याटिङ गरिरहेको छ ।