ब्रेकिङ

एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुलाइ छत्रदेवमा प्रशिक्षण, आफ्नाे अडान कायमै

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

१० विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

देशका धेरैजसो ठाउँमा बादल, केही ठाउँमा हावाहुरीसहित पानी पर्न सक्ने

देशको पहाडी भेगमा पानी पर्ने सम्भावना

  • हजुरकाे पाेष्ट

  • देशका धेरैजसो ठाउँमा बादल, केही ठाउँमा हावाहुरीसहित पानी पर्न सक्ने

    काठमाण्डाै – आज देशको पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

    पश्चिमी वायु र स्थानीय वायुको समेत प्रभाव रहेकाले सबैजसो पहाडी भूभागमा बादल लागेर केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

    केही ठाउँमा मेघगर्जन, हावाहुरी र चट्याङ्गकाे समेत सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । तराईमा पनि आज आंशिक बादल लाग्ने र केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा आज पनि बेलुकीपख हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।

    स्थानीय र पश्चिमी वायुको प्रभाव आउँदो तीन दिनसम्म नै रहने भएकाले आइतवारसम्म नै देशका धेरैजसो ठाउँमा बादल लागेर केही ठाउँमा पानी पर्ने क्रम चलिरहने महाशाखाले जनाएको छ ।

    प्रि–मनसुनको समय भएकाले बिहानीपख घाम लागे पनि दिउँसोपछि बादल लागेर बेलुकीपख हावाहुरी, मेघगर्जन तथा चट्याङ्गसहित पानी पर्ने क्रम चलिरहने मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो।

    महाशाखाले सूचना निकालेर देशका केही ठाउँमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ । अहिले देशभर आंशिकदेखि सामान्य बादल लागेर लुम्बिनी वाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँहरुमा हल्का वर्षा भइरहेको छ ।

  • १७ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech