ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

सरकारी खाद्य कम्पनीका पसल बिहानदेखि राति ७ बजेसम्म खुलै, अनलाइनबाट घरघरै सेवा
  • हजुरकाे पाेष्ट

  • काठमाण्डाै – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले निषेधाज्ञालाई मध्यनजर गरेर दैनिक १२ घण्टा पसल खुलै रहेको जनाएको छ । निषेधाज्ञामा नागरिकलाई दैनिक उपभोग्य वस्तुको अभाव नहोस् भनेर बिहान ७ बजेदेखि राति ७ बजेसम्म कम्पनीका बिक्री केन्द्र खुलै रहने कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिनुभयो ।

    सरकारी कम्पनीको सामग्री नागरिकले सहजै प्राप्त गरून् र बजारमा कालोबजारी हुन नपाओस् भनेर दैनिक १२ घण्टा बिक्री केन्द्र खुला राख्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकामा सिंहदरबारको पश्चिमी गेट नजिकै, थापाथली, ललितपुरको नख्खु र भक्तपुरको सूर्य विनायकका बिक्री केन्द्र १२ घण्टा खुल्ने कम्पनीले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका देशभर ४५ वटा बिक्री केन्द्र रहेका छन् ।

    कम्पनीले जुम्ली मार्सीसहित विभिन्न प्रकारका चामल, कर्णालीको सिमी, खाने तेल, घ्यु लगायतका खाद्य सामग्री बिक्री गर्दै आएको छ । बजारमा पाइने खाद्यान्न भन्दा कैयौँ गुणा सस्तोमा सामग्री पाइने पनि कम्पनीको दाबी छ ।

    यसैबीच कम्पनीले गएकाे वर्षको लकडाउनको समयमा सुरु गरेको अनलाइन डेलिभरी सेवा यो पटक पनि प्रभावकारी रूपमा चलिरहेकाे जनाएको छ । उपभोक्ताले www.napalfood.gov.np बाट चक्रपथभित्र र www.sastodeal.com मार्फत काठमाण्डौ उपत्यकाभरि नै खाद्य सामग्री घरघरमै पुर्‍याउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

  • १७ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech