ब्रेकिङ

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

१० टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

४ सांसद पदमुक्त गर्ने निर्णयविरुद्ध महन्थ ठाकुर निर्वाचन आयोगमा ।
  • हजुरकाे पाेष्ट

  • १७ कैशाख ,काठमाडौं ।
    लुम्बिनी प्रदेशका ४ जना सांसदलाई पदमुक्त गर्ने निर्णय गैरकानूनी भन्दै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर शुक्रवार निर्वाचन आयोग पुगेका छन् ।

    ध्यानकर्षणपत्र लिएर आफैं आयोग पुगेका ठाकुरले गैरकानूनी पत्रलाई आधार मानी कुनै पनि काम कारवाही अघि नबढाउन लिखित आग्रह गरेका छन् ।

    ठाकुरले जसपा नेपालको कार्यकारिणी समितिको बैठक २०७७ पुस ७ गतेपछि हालसम्म नबसेको भन्दै लुम्बिनी प्रदेश सचिवालयको सूचनापत्रमा उल्लेखित चार सांसदको प्रदेश सभा सदस्य र पार्टी सदस्यबाट निष्कासन गरेको व्यहोरा प्रथम दृष्टीमै अवैध रहेको बताएका छन् ।

    ठाकुरले गैरकानूनी पत्र एवं सोसँग सम्बन्धी अन्य पत्र तथा निर्णयसमेत बदरका लागि यथाशीघ्र कानूनी प्रक्रिया अघि बढाइने आयोगलाई जानकारी दिएका छन् । अध्यक्ष ठाकुरले कार्यकारिणी समितिको बैठक नबसेको र बोलाउन समेत कुनै सूचना जारी नगरेको बताएका छन् ।

    याे पनि पढनुहाेस

    लुम्बिनीका प्रदेस सभामुखलाई महन्थको पत्र-जसपाका सांसदलाई कारवाही गरिएको छैन ।

    जसपाका अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको निर्णय भनेर पठाएको पत्रका आधारमा प्रदेश सभाले सन्तोषकुमार पाण्डेय, विजयवहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेयलाई पदमुक्त गरेको थियो ।

  • १७ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech