ब्रेकिङ

कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार पर्दैनन् : नेपाल

नयाँ–नयाँ प्रविधिबाट हुने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्छ : अर्थमन्त्री शर्मा

मन्त्री फेर्ने पार्टीको निर्णय प्रचण्ड र प्रधानमन्त्रीका कारण कार्यान्वन भएन : सांसद चौधरी

नेकपा एसमा खैलाबैला : मन्त्री हेरफेरविरुद्ध उभिए १० सांसद

नेप्से परिसूचक १३.७८ अंकले बढ्यो

कर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगी भन्छन् – यस्तै नीति रहे देश श्रीलंका बन्छ

सांसदहरुले भने, ‘यौन हिंसामा परेका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनुपर्छ’

नेपालमा फेरि बढ्न थाले संक्रमित, १२ जना निको हुँदा ४९ जना थपिए नयाँ संक्रमित

पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण

१० वायुसेवा निगममा महाप्रबन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई

प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्तावलाई समर्थन गर्ने : जसपामा बहुमतको निर्णय ।
  • हजुरकाे पाेष्ट

  • १७, वैशाख, काठमाडौं ।
    जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बहुमत सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आउने अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेको छ ।

    १४ वैशाखमा बसेको बैठकले नै लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यलाई कारबाही गर्नुका साथै अविश्वासको प्रस्तावको पक्षमा उभिने निर्णय गरेको एक नेताले बताए ।
    त्यो दिन विहान पदाधिकारी बैठक बसेको थियो, जहाँ संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले लुम्बिनी सरकारमा गएका चार प्रदेशसभा सदस्यलाई कारबाही र केन्द्रमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावबारे छलफल गर्न कार्यकारिणी समिति बैठक बोलाउन प्रस्ताव गरेका थिए । तर अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बैठक बोलाउन नै तयार भएनन् ।

    त्यही दिन कार्यकारिणी समितिका बहुमत सदस्यहरुको बैठक बसेको बाबुराम–उपेन्द्र पक्षले बताएको छ ।

    नेताहरुका अनुसार बैठकले लुम्बिनीमा सरकारमा गएका चार प्रदेशसभा सदस्यलाई कारबाही गर्ने र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावको पक्षमा उभिने निर्णय गरेको थियो । एक नेता भन्छन्, ‘कार्यकारिणी समितिको बहुमत सदस्यको बैठकले एकमतले निर्णय गरेको हो । अब यसबारे नेपाली कांग्रेसलाई पनि जानकारी गराउँछौं ।’

  • १७ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech