ब्रेकिङ

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

१० जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

शनिबार रातिदेखि गुल्मीमा पनि निषेधाज्ञा ।
  • हजुरकाे पाेष्ट

  • १७ वैशाख, गुल्मी ।

    जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)ले वैशाख १८ गते शनिबार राति १२ बजेदेखि वैशाख २५ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

    यो अवधिमा अत्यावश्यक उपभोग्य खाद्यवस्तु बेच्ने पसल, दूध , तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण सामाग्रीका पसलहरु विहान ७ देखि ९ बजेसम्म, बैंक तथा होटल दिउँसो १० देखि १२ बजेसम्म खोल्न पाइनेछ ।

    निषेधाज्ञामा खाद्यान्न, तरकारी, फलफुल, दुध, पानी, औषधि बोक्ने मालवाहक गाडी र एम्बुलेन्सबाहेक सबै सवारी साधन चल्न रोक लगाइएको छ ।

    अत्यावश्यक कामबाहेक नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गरिएको छ । अस्पताल, औषधि पसल २४ सौं घण्टा खुला रहनेछन् ।

    जिल्लामा कोभिड–१९ को दोस्रो लहरमा २०६ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १९९ जना होम आइसोलेसनमा रहेका छन्, भने एक जना अस्पतालमा छन् । दोस्रो लहरबाट हालसम्म ६ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दीइन । ।

  • १७ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech