ब्रेकिङ

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

कसैले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुँदैन, : देउवा

प्रचण्डलाई भोट माग्दै बाबुरामले भने– भोलिको प्रधानमन्त्री उहाँ नै हो

नवलपुर बस दुर्घटनाका ५ जना मृतकको सनाखत

१० शिवराज नगरपालिकाले पनि कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गर्ने

पञ्जाबले बेङ्ग्लोरलाई ३४ रनले हरायोःआईपीएल
  • हजुरकाे पाेष्ट

  • काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई ३४ रनले हराएको छ ।

    गएराति अहमदाबादमा पञ्जाबले दिएको एक सय ८० रनको लक्ष्य पछ्याएको बेङ्ग्लोरले २० ओभरमा ८ विकेट गुमाएर एक सय ४५ रन मात्रै बनाउन सक्यो ।

    उसका कप्तान विराट कोहलीले ३५ तथा रजत पातिडर र हर्षल पटेलले ३१/३१ रन बनाए । पञ्जाबका हरप्रीत ब्ररले तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले केएल राहुलको ९१ रनको मद्दतमा एक सय ७९ रन बनाएको थियो । हारसँगै बेङ्ग्लोरले १२ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

    हिजोको जितले पञ्जाब भने ६ अंकसहित पाँचौं स्थानमा पुगेको छ ।

    अन्तिम अपडेट: बैशाख १८, २०७८

  • १८ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech