ब्रेकिङ

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

कसैले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुँदैन, : देउवा

प्रचण्डलाई भोट माग्दै बाबुरामले भने– भोलिको प्रधानमन्त्री उहाँ नै हो

नवलपुर बस दुर्घटनाका ५ जना मृतकको सनाखत

१० शिवराज नगरपालिकाले पनि कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गर्ने

अस्पताल बाहेकका ठाउँमा अक्सिजनकाे प्रयोगमा रोक, निषेधाज्ञामा थप कडाइ गर्न सिफारिस ।
  • हजुरकाे पाेष्ट

  • काठमाण्डाै –
    कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अस्पतालबाहेक अन्यत्र अक्सिजनको प्रयोगमा रोक लगाउन सिफारिस गरेको छ ।

    हिजो साँझ बसेको सीसीएमसीको निर्देशक समितिको बैठकले कोरोना सङ्क्रमितलाई अक्सिजनको अभाव हुँदै गइरहेको भन्दै उद्योग वा अन्य कुनै पनि क्षेत्रमा अक्सिजनको प्रयोगमा रोक लगाउन मन्त्रिपरिषद्मा सिफारिस पठाउने निर्णय गरेको हो ।

    बैठकले नागरिकले घरमा राखेका र अस्पतालमा भएका सिलिन्डरलाई पनि तत्कालै रिफिलको लागि उद्योगमा पठाउन निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव तथा सीसीएमसी सचिवालयका संयोजक खगराज बरालले जानकारी दिनुभयो ।

    सीसीएमसीले पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्न पनि अक्सिजन उद्योगलाई आग्रह गरेको छ । यस्तै सीसीएमसीले भारतबाट आउने धेरै व्यक्तिमा सङ्क्रमण देखिएको भन्दै २२ वटा सीमानाका बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।

    बैठकले काँकडभिट्टा, जोगवनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी नाका मात्र सञ्चालन गर्न सिफारिस गरेको हो । खुला हुने नाकाबाट भित्रिनेलाई पनि होल्डिङ सेन्टरमा राखेर मात्रै घर पठाउन सिफारिस गरिएको छ ।

    बैठकले कोरोना महामारी नियन्त्रणबाहिर जान सक्ने भन्दै स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइ गर्न र निषेधाज्ञालाई प्रभावकारी बनाउन पनि सिफारिस गरेको सचिव बरालले जानकारी दिनुभयो । कोरोना महामारी उच्च दरमा फैलिएसँगै सरकारले अहिलेसम्म २३ वटा जिल्लामा निषेधाज्ञा लगाइसकेको छ ।

  • १८ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech