ब्रेकिङ

लुम्बिनी वल्ड स्कुल मधाैलीयामा सरस्वती पुजा तथा पुस्तक प्रर्दशनी सम्पन्न ।

देवदह नगर अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता,देवदह बासीमा खुसियाली ।

पब्लिक माध्यमिक विद्यालय सियारीकाे स्वर्ण महोत्सव विविध कार्यक्रम तथा सम्मान गर्दै गर्याे समापन

देवदह नगरपालिकाले विद्यालयहरूलाई पुर्ण बालमैत्री विद्यालयमा रूपान्तर गर्न अनुगमन कार्यलाई तिब्रता पार्दै ।

प्रेम प्रसादको सम्झनामा गोल्डेन जुब्लीले गर्यो श्रद्धाञ्जली सभा

मणिवाला सर्प भन्दै दाङमा सुन र नगद ठगी : एक जना पक्राउ, दुई जनाको खोजी चल्दै

पब्लिक मा.वि छपियामा स्वर्ण महाेत्सवकाे अवसरमा आजिवन सदस्य सम्मान कार्यक्रम सम्पन्न

अक्सफोर्ड मा. वि बुटवलमा आधारभूत तहको पुरस्कार वितरण एक समारोहकाबीच सम्पन्न ।

बाजुरा केन्द्रविन्दु भएर पाँच दशमलव ९ रेक्टर स्केलको भूकम्प

१० संसदीय विशेष समितिको सिफारिस : संघमा १५ वटा मन्त्रालय, प्रदेशमा न्यूनतम ५ मन्त्री

संक्रमणको सन्त्रासका कारण जनता आफ्नो पुर्ख्यौली ठाउमा फर्कन बाध्य ।

बन्दाबन्दि र काेराेनाका कारण गरिखाने तथा अाश्रित समुदायमा सबैभन्दा ठुलाे असर पर्याे ।।

  • यज्ञमुर्ति पाण्डेय

  • बैशाख १३ गते मध्याह्न दिउँसो बसेको मन्त्री परिषदको बैठक ले भारतमा तिब्र रुपमा बढेको कोरोना भाइरस संक्रमणले नेपालमा प्रत्यक्ष असर गर्यो तथापि अब काठमाडौं लगायतका घना बस्ती भयको ठाँउमा निशेधज्ञ लगाउनुको कुनै बिकल्प रहेन भन्दै बैशाख १६ गते बिहान ६ बजे बाट निशेधज्ञ लगाउने भन्दै एउटा सूचना निकाल्यो जुन सामाजिक सन्जाल् मार्फत सूचना सम्प्रेषण भयो।

    अघिल्लो पटकको बन्दाबन्दी खेपिसकेका मानिस काठमाडौं लगायतका विभिन्न शहरमा बसोबास गरिरहेका उनिहरुले सूचना पाउनासाथ आफ्नो पुर्ख्यौली घरलाई सम्झी घर फर्कने निर्णय गरेको विभिन्न मिडिया मार्फत खिचिएको भिडियोमा देख्न सकिन्थ्यो सबैको पिडा बन्दाबन्दी थियो भने शहरमा बस्दा काम भने फरक – फरक हुँदा आफ्नो कारण भने फरक सुनाउदथे काठमाडौं को कलङ्की, गोङबु बसपार्क , कोटेश्वर पुरानो बसपार्क लगायतका मुख्य ठाउहरुमा मानिसको चाप एक्कासि बढ्याे सबैको चाहना घर कसरी पुगिन्छ र गाडीको बन्दबस्त कसरी हुन्छ? भन्ने मात्र थियोे।

    मुलतः कोरोना संक्रमण एक ब्याक्ती बाट अर्को ब्याक्तीमा सर्छ भनेर सामाजिक दुरि कायम राख्ने भन्ने कसैको पनि ध्यान थिएन । जसरी भएपनि आफ्नो गाउँ घर पुर्ख्यौली बसोबास गरेको ठाँउ मा कसरी पुग्ने भन्दै आ आफ्नो पिडा सुनाउदै भन्द्थे जस्तै अघिल्लो बन्दमा घर गयर बस्दा यहाँ कोठाको भाडा तिर्नुपरेको कारण कोठाको सामान नै सारेका छौ केही विद्यार्थी को भनाइ थियोे भने अन्य सामान्य जागीरे हरुको भनाइ बन्दाबन्दीका कारण यहाँ बसेर जागीर गैहाल्छ कसरी यो ठाउमा बसेर खाने अन्यको समस्या थियोे। यस्ता कैयौं समस्य देखाउदै आफ्नो गाउँ घर फर्कने निर्णय गरेका कुरा सामाजिक सन्जाल मार्फत सुन्न पाइन्थ्यो ।
    यो सबै घटना देखेर भन्न सकिन्छ कि पुजीवादी संरचना परिवर्तन हुन नसक्नु मुख्य कारण हो किनकी गाउँ घरमा आफ्नो पुर्ख्यौली काम रहेको र शहरमा केही नगद कमाउन आएका तथा अध्ययनको लागि मात्र शहरमा बसोबास गर्ने र खर्चको जोहो घर घरबाटै लिएर आयका विद्यार्थी हरुले आफ्नो शहरमा बस्ने स्थिती नभएको कारण र आफ्नो पुर्ख्यौली स्थानमा फर्केपछि आफू सुरक्षित हुने कुरा सबैले सुनाउथे मुख्य कारण भनेको पुजीवादी संरचनागत परिवर्तनमा परिवर्तन गर्न चाहाने तर त्यो स्थितिमा पुग्न नसक्नु मुख्य कारण देख्न सकिन्छ।
    पुर्ख्यौली स्थानमा आफ्नो आफन्त नातागोता हरु बाट सहयोग मिल्दछ तर यहाँ कोठामा बस्दा कसैको पनि साथ सहयोग हुन सक्दैन भन्ने भनाइ पनि त्यो समुहमा सुन्न पाइन्थ्यो। यसरी मानिस हरु आफ्नो गाउघर गए पछि सुरक्षित हुने बिस्वास गर्दथे। साथै अघिल्लो पटकको बन्दा बन्दिमा धेरै मानिस हरुको धेरै खलका समस्या हरु सामाजिक संजाल मार्फत देख्न पाइनुका साथै विभिन्न भोगाइका कारण पनि यो पाली सरकारले पनि उपत्यका बाट गाउँ घर जनको लागि भनेर दुई दिनको समय उपलब्ध गराएको समाचार सुन्न पाइन्थ्यो किनभने गाउँ घर भनेको कृषी काम गर्दै भुल्न सकिने र पातलो बस्ती भयका कारण खुल्ल वातावरण हुदा संक्रमण छिट्टै सर्न सक्दैन भन्ने कारण पनि उत्तिकै महत्त्वपूर्ण हो।

  • १८ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech