कसैलाई कसैको आधारमा भेदभाव नगर्ने ,
सबैलाई एकै हिसाबको आवश्यकता प्रदान गर्ने ।।
सुर्यको तापक्रम एकै नासको किरण प्रदान गर्ने ,
हावा पानी सबैलाई छ एकै हो यहि हो प्रकृतिले दिने।।१।।
हरिया रुखले दिन्छ स्वच्छ हावा ,
पानी हाम्रो आवश्यकता ।।
मल जल गर्न चाहिने जमिन ,
चाहिन्छ केही पर्दैन जान कहिँ।।२।।
सितल हावा र मधुर ध्वनि ,
सारा दु:ख कष्ट मेटाउनि ।।
सुगन्द छाउछ फुल फुले यो सन्सार भरी ,
यसै प्रकृति संग लैजाउ है जिवनको यो गति।।३।।
अचम्म सुन्न पाउछौ हरेक पलमा ,
कहिले घाम त कहिले बर्ष ।।
कतै हावा त कतै हुरि ,
तर यो सबै प्राकृतिक कार्य हुन्छ जरुरी।।४।।