ब्रेकिङ

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

कसैले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुँदैन, : देउवा

प्रचण्डलाई भोट माग्दै बाबुरामले भने– भोलिको प्रधानमन्त्री उहाँ नै हो

नवलपुर बस दुर्घटनाका ५ जना मृतकको सनाखत

१० शिवराज नगरपालिकाले पनि कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गर्ने

भारतबाट फर्कनेलाई पाँच वर्ष जेल र ६६ हजार डलर जरिवाना तिराउने अष्ट्रेलियाको चेतावनी
  • हजुरकाे पाेष्ट

  • भारतबाट फर्कनेलाई पाँच वर्ष जेल र ६६ हजार डलर जरिवाना तिराउने अष्ट्रेलियाको चेतावनी

    काठमाण्डाै – अष्ट्रेलियाले भारतबाट फर्कने आफ्ना नागरिकलाई पाँच वर्षसम्म जेल चलान गर्न सक्ने भएको छ ।

    भारतमा कोरोना महामारी बढेसँगै भारतबाट आफ्ना नागरिकसहित सबै यात्रुलाई रोक लगाएको अष्ट्रेलियाले जबर्जस्ती गरेमा पाँच वर्षसम्म जेल या ६६ हजार अष्ट्रेलियन डलरसम्म जरिवाना गर्न सक्ने नियम पारित गरेको बीबीसीले जनाएको छ ।

    भारतमा अहिले नौ हजार अष्ट्रेलियाका नागरिक रहेकामा ६ सय जनालाई जोखिमयुक्त समूहमा राखिएको खबरमा उल्लेख छ । आफ्ना परिवार भारतमा कोरोनासँग सङ्घर्ष गरिरहेको अवस्थामा सरकारले यस्तो नियम लगाउनु गलत भएको आवाज उठे पनि अष्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले भने सरकारले हल्का ढङ्गले निर्णयहरू नगरेको बताउनुभयो ।

    भारतमा सङ्क्रमणदर बढेसँगै अमेरिकासहितका कयाैँ देशले भारतसँगका उडान बन्द गरेका छन् । भारतमा हिजो एकैदिन चार लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो मात्रै भारतमा चार लाख आठ हजार तीन सय जनामा कोरोना पुष्टि भएको र यो दैनिक संख्या विश्वमा अहिलेसम्मकै धेरै भएको बीबीसीले जनाएको छ ।

  • १८ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech