ब्रेकिङ

एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुलाइ छत्रदेवमा प्रशिक्षण, आफ्नाे अडान कायमै

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

१० विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

साउन १ गतेदेखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुर्‍याउने प्रधानमन्त्रीको घोषणा .
  • हजुरकाे पाेष्ट

  • काठमाडौं ।
    प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०७८/०७९ बाट श्रमिकको न्युनतम तलब १५ हजार पुर्‍याउने घोषणा गरेका छन् । १३२ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अर्थात मे १ का अवसरमा आज एक भिडियो सन्देश जारी गर्दै उनले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० रुपैयाँबाट बढाएर आगामी साउन १ गतेदेखि १५ हजार रुपैयाँ पुर्‍याउने घोषणा गरेका हुन् ।

    नीजि क्षेत्रका प्रतिनिधी र मजदूर संगठनका बीचमा समझदारी नभएपछि सरकारले एकल निर्णयद्धारा न्युनतम पारिश्रमिक बढाउने घोषणा गर्नु परेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

    उनले श्रमिक क्षेत्रको कानुनी विभेदलाई अन्त्य गरिएको पनि दाबी गरे । वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षा र मर्यादाको लागि गन्तव्य देशसँग श्रम सम्झौता गरिएको उनका भनाई छ । देशभित्रैका मजदूरको सुरक्षाको लागि सामाजिक सुरक्षा कोष, बेरोजगार भत्ता लगाएका व्यवस्था गरिएको पनि प्रधानमन्त्री ओलीले दाबी गरे ।

  • १८ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech