ब्रेकिङ

लुम्बिनी वल्ड स्कुल मधाैलीयामा सरस्वती पुजा तथा पुस्तक प्रर्दशनी सम्पन्न ।

देवदह नगर अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता,देवदह बासीमा खुसियाली ।

पब्लिक माध्यमिक विद्यालय सियारीकाे स्वर्ण महोत्सव विविध कार्यक्रम तथा सम्मान गर्दै गर्याे समापन

देवदह नगरपालिकाले विद्यालयहरूलाई पुर्ण बालमैत्री विद्यालयमा रूपान्तर गर्न अनुगमन कार्यलाई तिब्रता पार्दै ।

प्रेम प्रसादको सम्झनामा गोल्डेन जुब्लीले गर्यो श्रद्धाञ्जली सभा

मणिवाला सर्प भन्दै दाङमा सुन र नगद ठगी : एक जना पक्राउ, दुई जनाको खोजी चल्दै

पब्लिक मा.वि छपियामा स्वर्ण महाेत्सवकाे अवसरमा आजिवन सदस्य सम्मान कार्यक्रम सम्पन्न

अक्सफोर्ड मा. वि बुटवलमा आधारभूत तहको पुरस्कार वितरण एक समारोहकाबीच सम्पन्न ।

बाजुरा केन्द्रविन्दु भएर पाँच दशमलव ९ रेक्टर स्केलको भूकम्प

१० संसदीय विशेष समितिको सिफारिस : संघमा १५ वटा मन्त्रालय, प्रदेशमा न्यूनतम ५ मन्त्री

सरकारले श्रम क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै अगाडि बढेको छः उपप्रधानमन्त्री प्राेखे्ल
  • हजुरकाे पाेष्ट

  • १८ बैशाख,  काठमाडौं –

    उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले अर्थतन्त्रको तीव्र विकासको लक्ष्यका साथ सुरुवातदेखि नै श्रम क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आएको बताउनुभएको छ ।

    अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी नेपालीमा शुभकामना व्यक्त गर्दै उहाँले सरकारले श्रम क्षेत्रमा बजेट वृद्धि गर्नाका साथै दक्ष जनशक्ति निर्माण, रोजगारी सिर्जना, सामाजिक सुरक्षा र सुरक्षित तथा सुलभ वैदेशिक रोजगारीका चार लक्ष्यमा आधारित विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिनुभएको छ ।

    उपप्रधानमन्त्री पोखरेलले आज जारी गर्नुभएको शुभकामना सन्देशमा जीवन प्रमुख भएकाले कोभिड–१९ बाट बच्न आग्रह गर्दै भनिएको छ ‘जीवन प्रमुख कुरा हो, श्रम हाम्रो लागि आधारभूत कुरा हो, तसर्थ, जनताको स्वास्थ्य र जीवन रक्षाका लागि नेपाल सरकारले चाल्नुपरेका बाध्यकारी कदमलाई मनन गरी सकारात्मक सहयोगका लागि अपिल गर्दछु ।’

    उच्चस्तरीय कोभिड- १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक पोखरेलले श्रमिकलाई उद्योगभित्रै खाना र बासको व्यवस्था गरी उद्योग सञ्चालन गर्ने, निर्माणस्थलमै खाना र बासको व्यवस्था गरी सार्वजनिक निर्माणलाई अगाडि बढाउने निर्णय लिइएको र श्रमिक वर्गलाई रोजगारीसँगै स्वास्थ्यमा पनि कुनै समस्या नपरोस् भन्नेमा सरकारले विशेष ध्यान दिएको जनाउनुभएको छ ।

    ‘अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहँदा यतिबेला सिङ्गो मानव समुदाय कोभिड–१९ विरुद्धको सङ्घर्षमा होमिनु परेको छ,’ नेकपा (एमाले) का महासचिवको सन्देशमा भनिएको छ, ‘कोरोना भाइरसको महामारीका विरुद्ध अग्रपङ्क्तिमा रहेर आफैँलाई जोखिममा पारी अरुको जीवन रक्षामा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइलगायतका सेवामा क्रियाशील श्रमजीवीहरुलाई म उच्च सम्मान गर्न चाहन्छु ।’ उहाँहरूको साहस र योगदानलाई सम्मान गर्दै सरकारले विशेष आर्थिक सहुलियतको व्यवस्था गरेको जानकारी उहाँले दिनुभएको छ ।

  • १८ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech