काठमाडौं ।
शनिबार नेपालमा कोरोनाभाइरसका ५,७६३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ९६९ नमुना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा ती संक्रमित भेटिएका हुन् ।
थप १९ जनाको मृत्यु भएको छ । १२८७ जना निको भएका छन् । ४३ हजार २१३ सक्रिय संक्रमित संख्या पुगेको छ ।
यसअघि गत कार्तिक ५ गते ५,७४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
याे पनि पढनुहाेस
कोरोनाबाट सुनसरीमा आमा–छोराको मृत्यु, परिवारका सात जना अझै संक्रमित ।
-कोरोना भाइरस संक्रमणबाट सुनसरीको इनरुवाका आमा–छोराकाे मृत्यु भएको छ । आमा छोराको तीन दिनको अन्तरालमा मृत्यु भएको हो । ८४ वर्षीया आमाको होम आइसोलेसनमा मृत्यु हुँदा अन्दाजी ६४ वर्षीय छोराको भने उपचारको क्रममा शनिवार कोशी कोभिड अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
सुनसरी प्रशासनका अनुसार संक्रमित पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । तीन दिनको अवधिमा आमा–छोराकै ज्यान गएको र परिवारका अन्य व्यक्ति समेत संक्रमित रहेकाले घर रहेको आसपासको क्षेत्रमा सिल गर्ने विषयमा छलफल थालिएको प्रशासनले जनाएको छ ।
मृतकको परिवारमा एक साथ ९ जनामा संक्रमण देखिएको थियो । संक्रमित भनिएका परिवारका ७ जना अझै होम आइसोलेसनमा छन् । उनीहरूमध्ये केहीको अवस्था अझै जटिल रहेको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए ।