ब्रेकिङ

कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार पर्दैनन् : नेपाल

नयाँ–नयाँ प्रविधिबाट हुने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्छ : अर्थमन्त्री शर्मा

मन्त्री फेर्ने पार्टीको निर्णय प्रचण्ड र प्रधानमन्त्रीका कारण कार्यान्वन भएन : सांसद चौधरी

नेकपा एसमा खैलाबैला : मन्त्री हेरफेरविरुद्ध उभिए १० सांसद

नेप्से परिसूचक १३.७८ अंकले बढ्यो

कर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगी भन्छन् – यस्तै नीति रहे देश श्रीलंका बन्छ

सांसदहरुले भने, ‘यौन हिंसामा परेका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनुपर्छ’

नेपालमा फेरि बढ्न थाले संक्रमित, १२ जना निको हुँदा ४९ जना थपिए नयाँ संक्रमित

पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण

१० वायुसेवा निगममा महाप्रबन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई

आजको राशिफलः वैशाख १९- २०७८ अाइतवार

षष्ठि तिथि

  • बिक्रम खनाल

  •  

    वैशाख १९- २०७८ अाइतबार ,षष्ठि तिथि

    मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    प्रारम्भमा एकपछि अर्को अवसर आउनाले उत्साहित भइनेछ, आफन्त र साथीभाइबाट काममा सहयोग मिल्नेछ। उच्च पदमा रहेका व्यक्तिसँग निकटता बढ्नेछ, लगनशीलताले सफलता दिलाउला, आम्दानीका स्रोतहरू बढ्नेछन् भने प्रसस्त धन सञ्चय हुनेछ ।

    वृष 
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    स्वास्थ्य कमजोर हुनाले काममा पनि राेकावट हुन सक्छ, दिनकाे उत्तरार्धमा समय अनुकूल हुनाले विभिन्न अवसर प्राप्त हुनेछन्।  राजनीति तथा जागिरमा विशेष जिम्मेवारी प्राप्त हुनेछ,  दिनकाे उत्तरार्धमा आयस्रोत सबल बन्नुका साथै प्रशस्त आम्दानी हुनेछ।

    मिथुन 
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    प्रियजनसँगको भेटघाटले  दिन रमाइलो रहे पनि  केही उतारचढावमय रहने देखिन्छ,  अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्ला। इमान्दारि पुर्वक काम गर्दा समेत जस नपाइएला, स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।  अार्थिक  अभावले पनि सताउन सक्छ।

    कर्कट 
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    अस्वस्थताकाबीच कामको बोझ थपिन सक्छ। आज सेवामूलक कार्यबाट सफलता मिल्नेछ , मनमा शान्ति र अनुहारमा कान्ति छाउला । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने मेहेनेतले उपलब्धि हातपार्न सकिनेछ।

    सिंह 
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    हिम्मतले काम लिँदा लाभ उठाउन सफल भइनेछ नियमित काममा विशेष लाभ हुनेछ।  प्रेम र मित्रताको बन्धन कसिनेछ।पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ ,विद्या र बुद्धिको विकास हुनेछ , परिश्रमअनुसार उपलब्धि पनि राम्रै प्राप्तहाेला  ।

    कन्या 
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    रचनात्मक काममा जुट्ने समय छ ,सामाजिक क्षेत्रको काम अघि बढ्नेछ र पराेपकारमा मन जानेछ । साथीभाइकाे साथ–सहयाेग जुट्नाले धेरै काम सम्पन्न हुनेछन् अध्ययनमा प्रगति हुनेछ, परिस्थितिमा सुधार आउनेछ भने तपाँइकाे आँटले काम लिन सकिनेछ।  व्यापार र उद्योगमा फाइदा हुनेछ।  मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो कसिने सम्भावना छ।

    तुला 
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    अध्ययन अध्यापनमा धेरै समय दिन नसकिएला, साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ काम सुरु गर्ने समय छ , जोश जाँगर र उमंग बढ्ला ,आर्थिक कारोबारमा सफलता पाइएला ,व्यापारमा मनग्गे फाइदा हुने समय छ, स्वास्थ्य कमजोर रहनेछ।

    वृश्चिक 
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    प्रारम्भमा स्वास्थ्य समस्याले काम रोकिन सक्छ, समयमा हाेस नपुर्याउनाले केही पछि परिनेछ, तर बिस्तारै काम बन्नाले उत्साह जाग्नेछ। नयाँ काम सुरु गर्ने अवसर जुट्नेछ आज व्यापार र व्यवसायमा नयाँ अनुभव मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।  साहसकाे अभावमा काममा पनि पछि परिनेछ।

    धनु 
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    आज एकपछि अर्को अवसर र सफलताले मन प्रसन्न रहनेछ, तर व्यापार व्यवसायमा नोक्सानी हुनेछ ।पहिलेको स्थितिमा सुधार आउनाले नयाँ कामकाे  थालनि हुनेछ । तपाँइकाे साहसले इज्जत मान प्रतिष्ठामा बृद्धि हुनेछ।

    मकर 
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    सुरुमा केही खर्च लागे पनि पारिवारिक भेटघाटले रमाइलो हुनेछ , चर्चायाेग्य काम गर्दै समाजकाे  हितमा कामगर्न सकिनेछ।  नजिकका व्यक्तिबाट कार्यमा अवरोध  र मनमुटाव बढ्नाले आज मानसिक चिन्तन बढ्ने र केही तनाव भने बढेको महसुस हुनेछ ।

    कुम्भ 
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    प्रारम्भमा राम्राे आयआर्जन हुनाले अार्थिक सवलता रहनेछ रोकिएका काम दोहोर्याएर प्रयत्न गर्दा वन्नेछन । आज घरपरिवार सँग रमाइलो तरिकाले समय बित्नेछ , मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ , जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुने देखिन्छ।

    मीन
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    प्रारम्भमा विवादास्पद कामले अलमल्याउन सक्छ,अरूकाे मुख ताक्ने बानीले काममा ढिलाइ  हुनेछ । आज आकस्मिक नयाँ कार्यको योजना बन्नेछ , आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तानबाट सुख पनि मिल्नेछ , आफन्तसँग निकटता बढ्नेछ।

  • १९ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech