ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

आजबाट गुल्मीमा पनि एक साता निषेधाज्ञा
  • हजुरकाे पाेष्ट

  • आजबाट गुल्मीमा पनि एक साता निषेधाज्ञा

    १९ वैशाख, गुल्मी ।
    गुल्मीमा गए रातिदेखि एक साताका लागि निषेधाज्ञा लागू भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को निर्णयअनुसार वैशाख २५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

    निषेधाज्ञा अवधिभर अत्यावश्यक उपभोग्य खाद्यवस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण सामग्रीका पसलहरु बिहान ७ देखि ९ बजेसम्म खुला हुने छन् । बैंक वित्तीय संस्था तथा होटलहरु दिउँसो १० देखि १२ बजेसम्म खुलाउन पाइने छ । अस्पताल र औषधि पसल २४ सैं घण्टा खुला रहनेछन् ।

    निषेधाज्ञामा खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी, इन्धन, औषधि बोक्ने गाडी, फोहोरमैला व्यवस्थापन र एम्बुलेन्स बाहेक सम्पूर्ण सवारी साधनलाई पूर्णरुपमा रोक लगाइएको छ ।

    आयोजनामा काम गर्ने कामदारलाई कार्यस्थलमै रहने व्यवस्था मिलाई विकास निर्माणका आयोजना सुचारु गर्ने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले निर्णय गरेको छ । विवाह प्रयोजनको लागि ‘शुभ विवाह’ लेखिएको ब्यानर सहित बढीमा २ वटा गाडीमा १५ जनासम्मलाई नजिकको प्रहरी चौकीबाट सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ ।

    जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन जिल्लावासीलाई आग्रह गरेको छ । निषेधाज्ञा उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने उपर प्रचलित कानुन बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।

    निर्णय कार्यान्वयन गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका अतिरिक्त आवश्यकतानुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा २ बमोजिम नेपाली सेनाको समेत सहयोग लिने निर्णयसमेत गरिएको प्रजिअ शर्माले बताइन् ।

    गुल्मी जिल्लामा कोभिडको दोस्रो लहरबाट २ सय बढी संक्रमित भएका छन् भने हालसम्म १० जनाको मृत्यु भएको छ ।

  • १९ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech