जेठ १८, २०७९ बुधबार 118
बुटवल -आगामी आर्थिक वर्षको लागि बजेट बक्तव्यमा रुपन्देही जिल्लासँग सम्बन्धीत १९ वटा शिर्षक समेटिएको छ । ति मध्ये केही पहिलेदेखि नै बजेट छुट्टिएका योजना छन् । केही नयाँ छन् ।
कृषि तर्फ रुपन्देहीको कर्शाघाटमा कृषि उपज निर्यात बजार निर्माण कार्य सुरु गरिने उल्लेख छ । मोतिपुर औद्योगिक क्षेत्र निर्माण सुरु गर्ने र भैरहवाको सेजलाई पूर्ण रुपमा सञ्चालनको लागि बजेट विनियोजन भएको छ । भैरहवामा एकिकृत जाँच चौकीको निर्माण सुरु गर्ने पनि बजेट बक्तव्यमा उल्लेख छ ।
यात्रु चापलाई विश्लेषण गरी गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माणको प्रकृया अगाडी बढाइने बताइएको छ । गौतमबुद्ध विमानस्थल बुद्ध जयन्तीबाट व्यवसायिक रुपमा सञ्चालनमा आएको हो ।
स्वास्थ्य तर्फ बुटवल मेडिकल कलेज र लुम्बिनी प्रादेशीक अस्पतालबीचको सहकार्यमा मेडिकल कलेज स्थापना गर्ने बजेटमा उल्लेख छ । बुटवल मेडिकल कलेजको लागि शिलान्यस भएपनि काम अघि बढेको छैन ।
राजमार्ग विस्तार अन्तर्गत नारायणगढ बुटवल सडक आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने र बुटवल गोरुसिंहे सडक खण्डको विस्तार कार्य सुरु गर्ने उल्लेख छ ।
बजेटमा उल्लेख भएको चितवन– रामपुर–बुटवल द्रुत मार्ग योजना अनुसार पुरा भएमा रुपन्देहीले पनि फाइदा लिने विषय हो ।
यस्तै तिनाउ नदिमा सिग्नेचर व्रिजको डिपिआर, सिद्धबाबा सुरुङमार्ग निर्माण सुरु, नवलपरासीको दुम्कीबास बर्दघाट सुरुङमार्गको अध्ययन पनि बजेटमा परेको छ । बुटवल बेलहिया सडक विस्तार आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने, बुटवल भरहवामा ट्राम यातायातको सम्भावना अध्ययन गर्ने, सैनामैना नगरपालिकामा ट्रमा सेन्टर स्थापना गर्ने, कालिगण्डकी तिनाउ डाइभसैनको आयोजना अध्ययन गर्ने बजेटमा समेटिएको छ ।
शहरी नदी कोरिडोर कार्यक्रम अन्तर्गत रुपन्देहीको तिनाऊ दानब नदी कोरीडोरमा तटबंध निर्माण र बस्ती संरक्षण कार्यक्रम गरिने बजेट भाषणमा बताइएको छ । लामो समयदेखि बन्द रहेको बुटवल धागो कारखाना उपयुक्त ढाचामा सञ्चालन गरिने बजेटमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्