Web Design In Nepal

देवदहको कार्यपालिका चुनावमा एमाले राप्रपा गठबन्धन विजयी

जेठ १८, २०७९ बुधबार 139

देवदह – रुपन्देहीको देवदह नगरपालिकामा कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा नेकपा एमाले र राप्रपाका उमैद्वार विजयी भएका छन् । कार्यपालिका चुनावको लागि देवदहमा दुई दलबीच गठबन्धन भएको थियो ।

८ सदस्यको लागि भएको निर्वाचनमा महिला तर्फ एमालेकी गीता भण्डारी, टिकीसरा सुनार, रुपाकुमारी ढुंगाना, लक्ष्मी विक, शान्ता भट्टराई कार्यपालिका सदस्यमा निर्वाचित भए ।

दलित तथा अल्पसंख्यकतर्फ एमालेका कुमार दमाई, गोविन्द पासी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ओमबहादुर परियार निर्वाचित भएको निर्वाचन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिए । यस अघि भएको चुनावमा

देवदह नगरपालिकामा नेकपा एमालेका ३२ जना, नेपाली कांग्रेसका २१ जना राष्ट्रिय प्रजातन्त्र पार्टीको ९ जना गरी कुल ६३ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्