Web Design In Nepal

१९ वर्षमुनिको महिला टी–२० मा नेपाल यूएईसँग १० विकेटले पराजित

जेठ २१, २०७९ शनिबार 492

काठमाडौँ १९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोटको दोस्रो खेलमा नेपाल यूएईसँग १० विकेटले पराजित भएको छ ।

जितका लागि ९ रनको लक्ष्य पाएको यूएईले एक ओभर १ बलमा भेट्टायो । यूएईकी थीर्थ सतिश ४ बलमा ४ रन र लवन्य केनी ४ बलमा ३ रनमा अविजित रहिन्।

अनु कडायतले पहिलो ओभरको पाँचौँ बल नो बल फ्यालेकी थिइन् । त्यसअघि मलेसियाको यूकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ८ ओभर १ बलमा ८ रनमा अलआउट भएको थियो । नेपालकी स्नेहा महराले १० बलमा सर्वाधिक तीन रन बनाइन् ।

ओपनर मनिषा रानाले २, किरण कुमारी कुँवर, अनु कडायत र अश्मा पुलामी मगर १र१ रनमा आउट भए । नेपालका ६ खेलाडीले खाता नै खोल्न सकेनन् । यूएईकी महिका गौरले ५, इन्धुजा नन्दका कुमारले ३ र सिमराले १ विकेट लिइन् ।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । यूएईले भुटानलाई १ सय ६० रनले पराजित गरेको थियो । ६ टोली सहभागी छनोटमा शीर्ष टोलीले आउँदो वर्ष दक्षिण अफ्रिकामा हुने १९ वर्षमुनिको महिला विश्व कप खेल्न पाउनेछ । नेपालले तेस्रो खेलमा सोमवार भुटानसँग खेल्नेछ ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्