Web Design In Nepal

नवनिर्वाचित जनप्रतिनिधिलाई प्रदेश प्रमुखले भने : जनताले दिएको मतको कदर गर्नुहोस्

जेठ २१, २०७९ शनिबार 108

कपिलबस्तु- लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले जनताको जीवनस्तर परिवर्तनका लागि सेवा प्रवाह गर्न र समृद्ध लुम्बिनी निर्माणका लागि लाग्न नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
कपिलबस्तुमा आयोजित प्रदेशका १०९ स्थानीयतहका जनप्रतिनिधीहरुलाई बधाई तथा शुभकामना एवं शासन सञ्चालन सम्बन्धी अन्तक्रिया कार्यक्रममा शेरचनले संविधानले स्थानीयत सरकार, प्रदेश, संघीय सरकारलाई संविधानले प्रदान गरेको अधिकारलाई पालना गर्दै सहकार्य, सहअस्थित्वको भावनालाई अगाडि बढाएको बताउँदै संविधानको पूर्ण पालना गर्दै जनताको सेवा गर्नका लागि अनुरोध गरे।
उनले जनताले दिएको मतको कदर गर्दै अर्काे कार्यकालमा पनि जनताले फेरी निर्वाचित गराउने गरी काम गर्नका लागि आग्रह गरे । शेरचनले संघ, प्रदेश, स्थानीयतहको सरकार मध्ये जनताको घर दैलोको सरकार स्थानीय सरकार भएकाले गर्दा जनतालाई सेवा प्रवाह गर्नका लागि आग्रह गरे।

कार्यक्रममा मुख्यमन्त्री कुलप्रसाद के.सी.ले लुम्बिनी प्रदेशका १०९ स्थानीयतहलाई समन्वय गरी लुम्बिनी प्रदेशबासी जनताको जीवनस्तरलाई आमूल परिवर्तन गर्नका लागि अनुरोध गरे । लुम्बिनी प्रदेश सरकार समृद्धि प्रदेश आत्मनिर लुम्बिनी बनाउनका लागि प्रदेश सकरारका लागि रहेको उनले बताए ।
मुख्यमन्त्री केसीले प्रदेश सरकारले १०९ स्थानीयतहलाई समन्वय गरी अभिभाकत्व ग्रहण गर्दै अगाडि बढ्ने कुरामा सधँै दृढ रहेको बताउँदै लुम्बिनीका आम जनताको समस्या बुझेर प्रदेश सरकारलाई रिपोटिङ गर्ने र प्रदेश सरकारले त्यसलाई सम्वोधन गर्ने बताए ।
प्रदेश सभाका सभामुख पुर्णबहादुर घर्तीले जनताको जीवन स्तरमा आमूल परिवर्तनका लागि अगाडी बढ्नका लागि अनुरोध गर्दै जनताको प्रतिनिधीले सधै जनताप्रति उत्तदायित्वलाई पूरा गर्नका लागि अगाडी बढ्न अनुरोध गरे ।

अन्तरक्रियामा संघीयताका विज्ञ खिमलाल देवकोटाले स्थानीय तह शासनको सुधार गर्नका लागि आम जनतालाई समुचित विकास र अधिकारको समुचित वितरण गरेर आम जनतालाई सरकारसम्म जोड्ने नै भएकोले गर्दा संघीयलाई बलियो बनाउने तिर लाग्नुपर्ने उल्लेख गरे ।

नेपाल सरकारका पूर्व प्रमुख सचिव लिलामणी पौडेलले संघीयताको मर्म र भावनाको विकासलाई अगाडि बढाउँदै काम गर्नका लागि सबैलाई अनुरोध गरे । स्थानीय तहका प्रमुख तथा उपाध्यक्षहरुको सहभागीता रहेको थियो ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्