बुटवल- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अब राजसंस्था पुनस्थापना हुन असम्भव रहेको बताएका छन् । बुटवलमा विहिवार विहान आयोजित पत्रकार सम्मेलनमा थापाले आफूले राजसंस्थाको मुद्दा पनि छोडेको र पुनस्थापना हुन सम्भव नभएको पनि बताए । राजतन्त्र फर्काउन विगतमा आँफूले त्याग र संघर्ष गरेको भन्दै उनले तर राजसंस्था पुनस्थापना भए आफू दुखि नहुने थापाले बताए ।
थापाले राजेन्द्र लिंङदेनले राजसंस्थाको एजेण्डा त्यागेमा आफ्नो पार्टी बुझाउन तयार रहेको बताए । त्यसरी राजसंस्थाको एजेण्डा त्यागेमा आफू राप्रपासँग पार्टी एकता गरि सम्मानित नेता मात्र भएर बस्न तयार रहेको उनको भनाइ छ । ‘उहाँहरुले राजसंस्थाको एजेण्डा छोडेको दिन मैले यो सम्पूर्ण पार्टी उहाँकै जिम्मा लगाएर म सम्मानित नेता भएर बस्न तयार छु ।’ उनले भने ।
पूर्वराजा ज्ञानेन्द्रले र उनको सचिवालयले विगतमा दलहरुको मन जित्न सकेको भए राजसंस्था पुनस्थापना हुन सक्ने थापाको दाबी छ । अहिलेको स्थानिय चुनावमा राजेन्द्र लिंदेनको पार्टी ५ वर्ष अघिको भन्दा पनि कम्जोर देखिएको थापाले दाबी गरे ।
जेठ २६, २०७९ बिहिबार 88
प्रतिकृया दिनुहोस्