Web Design In Nepal

माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक जारी

असार २३, २०७९ बिहिबार 86

काठमाडौँ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अहिले बसिरहेको छ । आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले नेताहरुले उठाएका प्रश्नको जवाफ दिने छन् ।

बैठकमा अध्यक्ष प्रचण्डले पोलिटव्युरो, स्थायी र पदाधिकारी प्रस्ताव गर्ने सम्भावना पनि छ । माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्य गणेश शाहले अध्यक्ष प्रचण्डले पदाधिकारी, स्थायी समिति र पोलिटव्युरो सदस्यहरुको नामावली आजको बैठकमा प्रस्तुत गर्ने बताए ।
गत मंगलबारको पूर्वपदाधिकारीहरुको बैठकले पदाधिकारी, स्थायी र पोलिब्युरो सदस्यको अन्तिम नामावली प्रस्ताव गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई नै दिएको थियो । नामावली टुंगो लगाउन प्रचण्डले मंगलबार र बुधबार आन्तरिक छलफल गरेका थिए ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्